- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

विगतका १०० वर्षमा जापानी सौन्दर्य ट्रेन्डहरूमा भएका परिवर्तन

श्रेणी : पूर्व एशिया, जापान, Ideas, इतिहास, नागरिक मिडिया, महिला र लिङ्ग
Japan Beauty

वाचकट भिडियोको युट्यूब प्रोफाइलको स्क्रीनशट।

वाचकटले आफ्नो भिडियो श्रृंखला “१०० इयर्स अफ ब्युटी” [1] (सौन्दर्यका १०० वर्ष) मा जापानलाई समेटेको छ। यसले जापानमा विगतको शताब्दीमा महिलाहरूका लागि सौन्दर्य ट्रेन्डहरू कसरी परिवर्तन भएको छ भन्ने देखाउँछ।

यस श्रृंखलाले टाइम ल्याप्सको उपयोग गरी विगतका १०० वर्षका दौरान विभिन्न सँस्कृतिमा महिलाहरूको लागि मेकअप तथा हेयरस्टाइलमा भएका परिवर्तनलाई ट्र्याक गरेको छ। जापानका अलावा यस श्रृंखलामा इरान [2], कोरिया [3], तथा फिलिपिन्स [4] लगायतका मुलुकहरू समेटिएका छन्।

जुन्को र मरिना टेलर [5]ले यस भिडियोका लागि अनुसन्धान गरे तथा उनीहरूका नोटहरू पिन्टरेस्ट [6]मा डकुमेन्ट गरिएका छन्।

उनीहरूले “रूपरंगपछाडिको अनुसन्धान”बारे जानकारी दिंदै एउटा भिडियो प्रस्तुत गरेका छन्:

१०० इयर्स अफ ब्युटी [7]को सम्पूर्ण श्रृंखला यहाँ [7] हेर्न सकिन्छ।