सन् १९५४ मा भिडियोफोन आविष्कार गर्ने फिलिपिनो वैज्ञानिक

Filipino scientist Gregorio Y. Zara demonstrating his invention in 1954: 'telephone television'. Source: National Academy of Science and Technology Philippines / Facebook

फिलिपिनो वैज्ञानिक ग्रेगोरियो वाइ. जारा सन् १९५४ मा आफ्नो आविष्कार “टेलिफोन-टेलिभिजन” प्रदर्शन गर्दै। फोटो: फिलिपिन्सको राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान/फेसबूक

न त यो अप्रिल फूलको ठट्टा हो न कि इन्टर्नेटमा भाईरल भएको धोकाधडी। ३० मार्च २०१६ मा फिलिपिन राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले फिलिपिनो इन्जिनियर ग्रेगोरियो वाइ. जाराले आफ्नो नविनतम आविष्कार: “फोटोफोन सिग्नल सेपरेटर नेटवर्क”का रुपमा पेटेन्ट गरिएको दुई तर्फी टेलिभिजन टेलिफोन अथवा भिडियोफोन प्रदर्शन गरिरहेको सन् १९५४ को फोटो फेसबूकमा पोस्ट गर्यो

सन् १९५० ताकाको शुरुतिरै एक फिलिपिनोले भिडियोफोन आविष्कार गरेको जानकारी दिने यो पोस्ट विशेषतः फिलिपिनो इन्टर्नेट प्रयोगकर्ताहरूको बीचमा चाँडै नै लोकप्रिय भयो। फेसबूक फोटोमा लेखिएको पुरै शीर्षक यहाँ देखाइएको छ:

Before there was Skype and Facetime, a Filipino scientist invented a television-telephone. Aha!

National Scientist Gregorio Y. Zara, a physicist, invented a device that makes it possible for two persons to see each other on a television while talking on the telephone as early as 1954.

स्काइप र फेसटाइम आउनुभन्दा अगाडि, एक फिलिपिनो वैज्ञानिकले टेलिभिजन-टेलिफोनको आविष्कार गरे। आहा!

एक भौतिकशास्त्री,राष्ट्रिय वैज्ञानिक ग्रेगोरियो वाइ. जाराले सन् १९५४ को शुरुतिरै टेलिफोनमा दुई व्यक्तिहरू कुरा गरिरहँदा टेलिभिजनमा एक अर्कालाई देख्न सक्ने उपकरणको आविष्कार गरे।

नास्ट फिलिपिन सरकारको एक सल्लाहकार निकाय हो जसले विज्ञान र प्रविधिसम्बन्धी कार्य गर्दछ। विज्ञान र प्रविधिमा फिलिपिनोद्वारा गरिएको उल्लेखनीय उपलब्धीको पहिचान गर्नु नै यसका जनादेशमध्ये एक हो।

भिडियोफोनको अतिरिक्त, इन्धनको रुपमा सादा अल्कोहलले चल्ने हवाइ जहाजको इन्जिन, प्रोपेलर काट्ने मेशिन र सौर्य-उर्जा उपकरण सहितका ३० पेटेन्टहरू जाराको नाममा रहेका छन्।

सामाजिक मिडियामा धेरैजसो प्रतिकृयाहरू भिडियोफोन निर्माण गर्ने जाराको अग्रगामी उपलब्धिको प्रशंसाको रुपमा आए। धेरै विद्यार्थीहरूलाई जारा एक महत्वपूर्ण फिलिपिनो वैज्ञानिक हुन् भन्ने थाहा छ तर केहीलाई मात्रै याद छ कि भिडियोफोन भनेर हामीले चिनेको यन्त्र (ग्याजेट)को प्रारम्भिक नमुना जाराको आविष्कारहरूमध्ये एक थियो।

जारा जस्तै दूरददर्शी र वैज्ञानिकहरूको काममा सहायता गर्न देशका पूर्व सरकार असफल भएको इतिहास अन्य सामाजिक मिडिया प्रयोगकर्ताहरूले प्रमाणको रुपमा देखेका छन्।

जाराको भिडियोफोन व्यावसायिकरुपमा बजार पुग्न नसकेको कारणको कुनै स्पष्ट व्याख्या छैन, तर एक टिप्पणीकर्ताले टिप्पणी गरे कि मेशिनबाट प्रयोग भएको प्रसारण र टेलिभिजनमा गरिने प्रत्यक्ष प्रसारण समान हुन्। अत: यो “महँगो र अप्रभावकारी” थियो।

जाराको सन् १९७८ मा मृत्यु भयो तर उहाँको योगदान जिवितै छ, हरेक घडीमा, जब विदेशमा रहेको कुनै फिलिपिनो कामदारले इन्टर्नेट भिडियोफोन प्रयोग गर्दै फिलिपिन्समा आफ्ना परिवारसँग संपर्क गर्दछ।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.