फोहरले म्यानमारका प्रख्यात स्थलहरूलाई बिगारेको देखाउन फोटोशप गरिएका फोटोहरू

13198631_10208073195139108_1402898594222087376_o

सी थु आंगले खिचेको यांगोन सरकारको कार्यालयको फोटो। श्रोत: सी मोनको फेसबूक एल्बम, अनुमति लिएर प्रयोग गरिएको।

म्यानमारका प्रख्यात स्थलअगाडि फोटोशप गरेर फोहोर राखिएका फोटोहरू यस देशका फेसबूक प्रयोगकर्तामाझ भाइरल भएका छन्। म्यानमारका प्रख्यात पर्यटन गन्तव्यहरूमा बिग्रदो फोहरमैलाको समस्या उजागर गर्ने यी तस्वीरहरू कलाकार सी थु आंगद्वारा सिर्जना गरिएका थिए। उनले देशका प्रख्यात स्थलहरूलाई संरक्षणको आवश्यकता रहेकोबारे चेतना अभिवृद्धिका लागि यी तस्वीरहरू सेयर गर्न प्रोत्साहित गरे।

फोहरमैलाबाट हुने प्रदूषण, म्यानमारलाई दीगो विकासको नमूना अंगाल्न आह्वान गर्ने धेरै विज्ञले उठाएको मुद्दा हो। सन् २०१५ को अन्त्यमा नोबेल पुरस्कार विजेता तथा उच्च सरकारी मन्त्री आङ सान सू कीले पनि राष्ट्रव्यापी फोहरमैला संकलन अभियानको नेतृत्व गरिन्। यो समस्या सम्बोधन गर्नु अत्यावश्यक रहेको दर्शाउन उक्त अभियान संचालन गरिएको थियो।

कसरी फोहर उठाएर देशको छवि सुधार्न सकिन्छ भन्ने वर्णन गर्दै सी मोनले ती फोटोहरू फेसबूकमा अपलोड गरे:

အခုဆို နိုင်ငံအပြောင်းအလဲတွေ ကြောင့်နိုင်ငံခြားဧည့်သည်တွေ ဝင်လာရင် ဘယ်နေရာကြည့်ကြည့်သန့်သန့်ရှင်းရှင်း သပ်သပ်ရပ်ရပ်နဲ့ ကိုယ့်နိုင်ငံအလှကို ကမ္ဘာသိအောင် ပြဖို့အကောင်းဆုံးအချိန်ပါ။ သင်ကိုယ်တိုင်ကဦးဆောင်ပြီး စည်းကမ်းတကျအမှိုက်ပစ် ခြင်းအားဖြင့် သင့်ပတ်ဝန်းကျင် သာယာလှပရုံသာမက နိုင်ငံ့ဂုဏ်ကိုပါမြှင့်တင်ပေးရာ ရောက်ပါတယ်။ အဲ့တာကြောင့် သင့်အမှိုက်တစ်စကို စည်းကမ်းမဲ့တစ်ကြိမ်တစ်ခါပဲဆိုပြီး ပစ်လိုက်ပေမဲ့ လူတိုင်းအဲလိုပဲတွေး ပြီးပြစ်ကြမယ်ဆိုရင် ကြီးမားတဲ့သက်ရောက်မှု ရှိလို့ အမှိုက်ပစ်ခါနီးတိုင်း သတိဆောင်ကြပါလို့ တိုက်တွန်းအပ်ပါတယ်။

राजनीतिक परिवर्तनका कारण अब विदेशी आगन्तुक आउँदैछन् र यो सफा तथा व्यवस्थित भएर तपाईले विश्वलाई आफ्नो देशको सौन्दर्य देखाउने बेला हो। यदि आफूले गरेका फोहर फाल्ने ठाउँबारे तपाईले होशियार भई एउटा उदाहरण प्रस्तुत गर्नु भयो भने हामीले हाम्रो देशको स्तर बढाउन सक्छौ। त्यसैले तपाईले एकपटक भए पनि जथाभावी फोहर फाल्नुभयो भने र सबैले त्यस्तै सोचे भने यसले ठूलो प्रभाव पार्नेछ। त्यसैले फोहर फाल्नुअघि सोच्नुहोस्।

13161768_10208073195259111_5406099376591183905_o

सी थु आंगले खिचेको म्याण्डलेको ऊ बिन पूलको फोटो। श्रोत: सी मोनको फेसबूक एल्बम, अनुमति लिएर प्रयोग गरिएको।

13220674_10208073194739098_3156742387902753953_o

सी थु आंगले खिचेको नागापाली समुद्रतटको फोटो। श्रोत: सी मोनको फेसबूक एल्बम, अनुमति लिएर प्रयोग गरिएको।

13220718_10208073194659096_4238831509444775_o

सी थु आंगले खिचेको बागानको फोटो। श्रोत: सी मोनको फेसबूक एल्बम, अनुमति लिएर प्रयोग गरिएको।

13217148_10208073194699097_7294517720810477426_o

सी थु आंगले खिचेको म्याण्डलेको स्वर्ण विहारको फोटो। श्रोत: सी मोनको फेसबूक एल्बम, अनुमति लिएर प्रयोग गरिएको।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.