मे १४ का दिन केन्याको राजधानी नैरोबीमा आयोजित एक भव्य समारोहमा केन्याई ब्लग अवार्डस् २०१६ का विजेताहरूको नाम घोषणा [2] गरियो।
बिको जुलु [3]ले दुईवटा पुरस्कार हात पार्यो: सर्वोत्कृष्ट सिर्जनात्मक लेखन ब्लग र वर्षको ब्लग। अन्य विजेतामध्ये सर्वोत्कृष्ट प्रविधि ब्लगका लागि टेकविज [4]; सर्वोत्कृष्ट फोटोग्राफी ब्लगका लागि बेन किरुथी [5]; सर्वोत्कृष्ट नयाँ ब्लगका लागि दे कल मी डाक्टारी [6]; र सर्वोत्कृष्ट सामयिक ब्लगका लागि मम्मी टेल्स [7]।
सन् २०१२ मा ब्लगर्स असोसिएशन अफ केन्या (बेक) [8] द्वारा शुरु गरिएको बेक अवार्डस् को नामले पनि चिनिने केन्याई ब्लग अवार्डस् ले विशिष्ट केन्याई ब्लगरहरूलाई सम्मान र पुरस्कृत [9] गर्दछ। आयोजकका अनुसार यो प्रतिस्पर्धा सम्पूर्ण केन्याई तथा केन्यामा संचालित ब्राण्डहरूका लागि खुल्ला छ।
जनवरी ८ देखि फेब्रुअरी १०, २०१६ सम्म १९ विधाका लागि निवेदन आह्वान गरिदैं यो प्रतिस्पर्धा शुरु [10] भएको थियो। त्यसको लगत्तै निर्णायकहरू [11]ले प्रत्येक विधाका लागि ५ सर्वोत्कृष्ट ब्लगहरू छाने र मार्च ३, २०१६ देखि सर्वसाधारणका लागि अनलाइन भोटिङ्ग [12] खुल्ला गरिएको थियो।
सबै १९ विधाका विजेताहरूको पूर्ण लिष्ट [2]का लागि यस अवार्डस् को वेबसाइटमा जानुहोस्।