
बेक अवार्डस् २०१६ का केही विजेता (देब्रेबाट दाहिने: डा.क्लेयर किनुथिया (theycallmedaktari.com), मेरीआन वावेरु (mummytales.com), राचेल मुथोनी (safari254.com), डायना कालुही (kaluhiskitchen.com), र लुसिया मुसाउ (luciamusau.com))। ब्लगर्स असोसिएशन अफ केन्या (बेक) को तस्वीर। अनुमति लिएर प्रयोग गरिएको।
मे १४ का दिन केन्याको राजधानी नैरोबीमा आयोजित एक भव्य समारोहमा केन्याई ब्लग अवार्डस् २०१६ का विजेताहरूको नाम घोषणा गरियो।
बिको जुलुले दुईवटा पुरस्कार हात पार्यो: सर्वोत्कृष्ट सिर्जनात्मक लेखन ब्लग र वर्षको ब्लग। अन्य विजेतामध्ये सर्वोत्कृष्ट प्रविधि ब्लगका लागि टेकविज; सर्वोत्कृष्ट फोटोग्राफी ब्लगका लागि बेन किरुथी; सर्वोत्कृष्ट नयाँ ब्लगका लागि दे कल मी डाक्टारी; र सर्वोत्कृष्ट सामयिक ब्लगका लागि मम्मी टेल्स।
सन् २०१२ मा ब्लगर्स असोसिएशन अफ केन्या (बेक) द्वारा शुरु गरिएको बेक अवार्डस् को नामले पनि चिनिने केन्याई ब्लग अवार्डस् ले विशिष्ट केन्याई ब्लगरहरूलाई सम्मान र पुरस्कृत गर्दछ। आयोजकका अनुसार यो प्रतिस्पर्धा सम्पूर्ण केन्याई तथा केन्यामा संचालित ब्राण्डहरूका लागि खुल्ला छ।
जनवरी ८ देखि फेब्रुअरी १०, २०१६ सम्म १९ विधाका लागि निवेदन आह्वान गरिदैं यो प्रतिस्पर्धा शुरु भएको थियो। त्यसको लगत्तै निर्णायकहरूले प्रत्येक विधाका लागि ५ सर्वोत्कृष्ट ब्लगहरू छाने र मार्च ३, २०१६ देखि सर्वसाधारणका लागि अनलाइन भोटिङ्ग खुल्ला गरिएको थियो।
सबै १९ विधाका विजेताहरूको पूर्ण लिष्टका लागि यस अवार्डस् को वेबसाइटमा जानुहोस्।