
चुङ्किङ्ग, सन् १९३७-१९४५ का दौरान चीनको युद्धताकाको राजधानी, यहाँ १९४४ मा र रङ्गीनमा। ट्वीटर प्रयोगकर्ता @chinarhymingद्वारा पोष्ट गरिएको।
दुईवटा ट्वीटर अकाउन्ट एशियामा दोश्रो विश्वयुद्ध बेलाका ज्ञानवर्धक फोटोहरूका निरन्तर श्रोत रहेका छन्।
चाइना इन वल्र्डवारटु भन्ने अकाउन्ट सेप्टेम्बर १९३१ मा जापानले मन्चुरिया एकीकरण गरेसँगै चीनमा शुरु भएको युद्धमा केन्द्रित रहेको छ। अर्को ट्वीटर अकाउन्ट वल्र्डवारटु इन एशिया विश्वयुद्ध सकिएको ठिक ८० वर्षपश्चात् इतिहासको यस कालखण्डलाई सन् २०२५ सम्म र युद्ध अन्त्यको ८० औं वर्षगांठसम्म “लाइभ ट्वीट” गर्नमा समर्पित छ।
चाइना इन वल्र्डवारटु
चाइना इन वल्र्डवारटुको प्रोफाइलअनुसार यस अकाउन्टले “१९३१ देखि १९४५ सम्मको चीनिया-जापानी युद्ध र आधुनिक एशियाको जन्मबारे समाचार” उपलब्ध गराउँदछ। यस अकाउन्टलाई पिटर हार्मसनले संचालन गर्छन्। उनी ‘संघाई १९३७‘ र ‘नान्जिङ्ग १९३७‘ पुस्तकका लेखक हुन्।
यस ट्वीटर अकाउन्टले जापान र पश्चिममा बिर्सिएको लामो युद्धका तस्वीर उपलब्ध गराउँदछ। उक्त युद्ध १५ वर्षसम्म सन् १९४५ मा जापानको हार नभएसम्म चलेको थियो।
Cover of Japanese kids’ magazine from 1934. Theme: fighting with warlords in north #China. #WW2 #Japan pic.twitter.com/eaCD5Er6Ge
— China in WW2 (@chinaww2) April 3, 2016
सन् १९३४ मा जापानी बालपत्रिकाको आवरणपृष्ठ। विषय: उत्तरी #Chinaमा सेनापतिसँग युद्ध लड्दै।#WW2 #Japan
यी तस्वीरहरूले सन् १९३० ताकाको विश्वको आकर्षक झलक दिन्छन् र चीनसँग युद्धरत जापानले कसरी त्यस दशकको अधिकांश समय पश्चिमी शक्तिहरूसँग अन्तरक्रिया र सहकार्य गर्यो भन्ने कुरा दर्शाउछन्।
Japanese, British sentries in city of Tianjin, north #China, 1939. #Japan #WW2 pic.twitter.com/ofXplnaglw
— China in WW2 (@chinaww2) April 26, 2016
सन् १९३९ मा उत्तरी #Chinaको तियान्जिन शहरमा जापानी, बेलायती चौकीदार। #Japan #WW2
Japanese Marines with British-made Vickers-Crossley armored cars during first battle of Shanghai in 1932. #China pic.twitter.com/bEYkrEd69O
— China in WW2 (@chinaww2) January 9, 2016
सन् १९३२ मा संघाईको पहिलो युद्धका दौरान बेलायतमा बनेका भिकर्स क्रसली कवचसहीतका कारहरूसँग जापानी नौसेना।#China
यी तस्वीरहरूमध्ये धेरै जसो खिच्न लगाइएको जस्तो लागे पनि केही अनौठा दस्तावेजी खोजहरू पनि रहेका छन्:
Japanese troops disembarking in Hangzhou Bay, Nov 1937. #Japan was pioneering amphibious tactics then. #China #WW2 pic.twitter.com/hNpRWC9A9T
— China in WW2 (@chinaww2) March 25, 2016
जापानी सेना हाङ्झाउको खाडीमा उत्रदैं, नोभेम्बर १९३७। त्यतिबेला #Japanले जल र थलका रणनीतिको पहल गर्दै थियो।#China #WW2
प्रोपागाण्डाका लागि प्रयोग गरिएका तस्वीरहरू यहाँ संलग्न छन्:
Japanese poster urging defenders of Hong Kong to abandon resistance, December 1941. #China #Japan #WW2 pic.twitter.com/pDXizPg5Xp
— China in WW2 (@chinaww2) May 6, 2016
हङकङका रक्षकलाई प्रतिरोध परित्याग गर्न आह्वान गर्दै जापानी पोष्टर, डिसेम्बर १९४१।#China #Japan #WW2
साथै धेरैले बिर्सिएको सन् १९३० ताका उत्तरपूर्व चीनलाई उपनिवेश बनाउने प्रयत्न गरेको दर्शाउने फोटोहरू:
Getting from Dalian to Harbin, fast. Magazine ad for #Japan-operated railroad in puppet state Manchukuo, #China pic.twitter.com/IorhzEdDgI
— China in WW2 (@chinaww2) April 4, 2016
डालियानबाट हार्बिन जादैं, द्रुत गतिमा। #Chinaमा रहेको कठपुतली राज्य मांचुकुओमा #Japanले संचालन गरेको रेलरोड देखाउने पत्रिका विज्ञापन
यस ट्वीटर फीडले चीनमा भएको दोश्रो विश्वयुद्धसम्बन्धी लेखरचनालाई प्राय लिंक गराउँछ:
What happened to the Japanese stranded in #China at the end of #WW2? Read it here https://t.co/NcMhShhiQu #Japan pic.twitter.com/Rvklf3BXrA
— China in WW2 (@chinaww2) March 2, 2016
दोश्रो विश्वयुद्ध #WW2को अन्त्यमा #Chinaमा फँसेका जापानीहरूलाई के भयो? यहाँ पढ्नुहोस् https://t.co/NcMhShhiQu #Japan
वल्र्डवारटु इन एशिया
ट्वीटर अकाउन्ट वल्र्डवारटु इन एशियाले एशियामा भएको युद्धको लाइभ ट्वीट उपलब्ध गराउने लक्ष्य लिएको छ। यो दुर्लभ तथा अनौठा फोटोहरूको एकदमै राम्रो श्रोत रहेको छ।
यस माइक्रोब्लगको मुख्य आकर्षण क्रमबद्धरुपले “रियल टाइम”मा फोटोहरू ट्वीट गर्नु रहेको छ। हाल यस अकाउन्टले मे १९३६ का घटना ट्वीट गरिरहेको छ:
May 11, 1936: New Japanese law to make disclosure of industrial information an act of treason pic.twitter.com/qImZk2dleO
— WW2 in Asia (@asiainww2) May 11, 2016
मे ११, १९३६: औद्योगिक सूचना सार्वजनिक गर्ने नयाँ जापानी कानून राज्यद्रोह हो।
यी ट्वीटहरूले एशिया युद्धतर्फ अग्रसर हुँदै गर्दा त्यहाँ के हुँदै थियो भन्ने उपयोगी सन्दर्भ उपलब्ध गराउँछन्:
May 8, 1936: Speech in Japan's parliament denouncing Army's role in politics is received with thunderous applause pic.twitter.com/nCwiqWXAQ8
— WW2 in Asia (@asiainww2) May 8, 2016
मे ८, १९३६: जापानको संसद भवनमा राजनीतिमा सेनाको भूमिकाको भत्र्सना गर्दै गरिएको भाषणको तालीका गड्गडाहटकासाथ समर्थन
April 6, 1936: Japan's war minister orders army to stay out of politics pic.twitter.com/tVCeRv7Ihs
— WW2 in Asia (@asiainww2) April 6, 2016
अप्रिल ६, १९३६: जापानका युद्ध मन्त्रीले सेनालाई राजनीतिबाट टाढा रहन निर्देशन दिन्छन्
March 10, 1936: New Japanese Minister of War Terauchi Hisaichi says army is not trying to introduce Fascist regime pic.twitter.com/CWT8BJMHgi
— WW2 in Asia (@asiainww2) March 10, 2016
मार्च १०, १९३६: नयाँ जापानी युद्ध मन्त्री तेराउची हिसाइची भन्छन् सेनाले फासीवादी शासनकाल लाद्न खोजिरहेको छैन
यहाँ सन् १९४१ मा विद्वेषको औपचारिक शुरुवातपूर्व उत्तरपूर्वी एशियामा व्याप्त जापानी उपनिवेषवादसम्बन्धी अभिलेख राख्ने ठूला खोजहरू पनि छन्।
April 21, 1936: Japan plans railway from Korean port city of Fusan to Seoul, citing economic and strategic reasons pic.twitter.com/oDHT17sRk0
— WW2 in Asia (@asiainww2) April 22, 2016
अप्रिल २१, १९३६: जापानले आर्थिक र रणनीतिक कारण देखाउँदैं कोरियाली बन्दरगाह शहर फुसानदेखि सोलसम्म रेलमार्गको योजना बनाउँछ
यस ट्वीटर अकाउन्टले ८० वर्षअगाडिको जापान र एशियाका केही चाखलाग्दा परिप्रेक्ष्य पस्कन्छ:
April 3, 1936: League of Nations names Japan world's leading exporter of dangerous drugs, followed by Germany pic.twitter.com/kLoYHJ5Htb
— WW2 in Asia (@asiainww2) April 3, 2016
अप्रिल ३, १९३६: लीग अफ नेशन्सले जर्मनीपछि जापान विश्वको खतरनाक लागूऔषधीको अगुवा निर्यातकर्ता रहेको जनाउँछ
May 5, 1936: Japan and territories under its control lead world in per capita drug use, League of Nations data show pic.twitter.com/HVPzCAAodf
— WW2 in Asia (@asiainww2) May 6, 2016
मे ५, १९३६: जापान र यसका अधीनमा रहेका इलाका प्रतिव्यक्ति लागूऔषधीको प्रयोगमा विश्वमा अगाडि रहेको लीग अफ नेशन्सको डाटाले देखाउँछ
यस ट्वीटर अकाउन्टको अर्को केही हदसम्म निराशाजनक तर अकाट्य विशेषता चाही युद्धको शुरुवातले विश्व सम्पूर्णरुपले आश्चर्यचकित भएको थिएन भन्ने दर्शाउनु रहेको छ:
April 18, 1936: ‘Japan Must Fight Britain’ by Lt. Cmdr. Ishimaru Tota is published in English pic.twitter.com/HuxFOa5Qo0
— WW2 in Asia (@asiainww2) April 18, 2016
अप्रिल १८, १९३६: लेफ्टिनेन्ट कमाण्डर इशिमारु टोटाद्वारा अंग्रेजीमा प्रकाशित पुस्तक ‘जापान मस्ट फाइट ब्रिटेन’