- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

फोटोहरूमा बङ्गलादेशका पानीमाथि लाग्ने अम्बाका हाटबजार

श्रेणी : दक्षिण एशिया, बंगलादेश, Good News, कला र संस्कृति, खाना, नागरिक मिडिया, फोटोग्राफी, यात्रा
Kuriyana, Swarupkathi, Bangladesh | 2015 © Md. Moyazzem Mostakim, Timur Photography. Used with permission [1]

कुरियाना, स्वरुपकाठी। २०१५
© मो. मोयाज्जम मोस्तकिम, तिमुर फोटोग्राफी। अनुमति लिएर प्रयोग गरिएको

बङ्गलादेशको दक्षिणी भेगमा एक आपसमा ठोक्किने नदी र नहरहरूले हरित भूदृश्यको सिर्जना गर्दछन्। यदि तपाई यी नहरहरू हुँदै डुङ्गामा शयर गर्दै हुनुहुन्छ भने तपाईले धेरै हरिया अम्बाका बगैंचा देख्नुहुनेछ। हजारौं किसानले यी अम्बा बेचेर आफ्नो जीविका चलाउँछन्। थाइल्याण्डका तैरिने बजारझै देखिने यस क्षेत्रका कैंयन तैरिने बजार [2]मा किसान र थोकविक्रेता भेला हुन्छन्।

अम्बा [3] बयर जस्तै फल हो र प्राय यसलाई एप्पल अफ द ट्रपिक्स (उष्णकटिबंधीय स्याउ) भनिन्छ। यसको उत्पत्ति उष्णकटिबंधीय अमेरिका (मेक्सिको र पेरुबीचको भूमिमा) मा भए तापनि आजकल बङ्गलादेशभरि लगाइने एक महत्वपूर्ण फलफूल बाली हो। बङ्गलादेशको दक्षिणी भेग खास गरेर बारिसल, पिरोजपुर र झालोकाठी जिल्लाहरू अम्बा उत्पादन गर्ने मुख्य क्षेत्र हुन्।

शमशीर [4] उनी गएका तैरिने बजारका बारेमा समह्वेरइनब्लगमा लेख्छन्:

কুড়িয়ানা বাজার, আটঘর আর ভীমরুলি বাজারে বসে পেয়ারার হাট। চাষীরা বাগান থেকে পেয়ারা সরাসরি ছোট ছোট নৌকায় করে এসব হাঁটে নিয়ে আসে, পাইকাররা এখান থেকে সংগ্রহ করে পৌঁছে দেয় সারা বাংলাদেশে।

तैरिने अम्बाका बजार कुर्याना, आट्घोर र भिमरुलीमा भेटिन्छन्। यस क्षेत्रका किसान आफ्ना अम्बा बेच्न साना डुङ्गामा आउँछन् र थोकविक्रेताले पूरै बङ्गलादेशभरि वितरण गर्न यसको संकलन गर्छन्।

यो तैरिने बजार कहिलेदेखि शुरु भयो कसैले पनि यकिनका साथ भन्न नसके पनि यो परम्परा कम्तिमा सय वर्ष पुरानो हो। किर्तिपाशा नहरमाथिको भिमरुलीअवस्थित बजार यिनीहरूमध्ये सबैभन्दा ठूलो हो। जुलाईदेखि अगष्टसम्म अम्बाको मौसममा यो यो बजार सक्रिय हुन्छ। अरु फलफूल जस्तै जङ्गली आलुबखडा, कागती, नरिवल र केरा यी बजारमा बाह्रै महिना बेचिन्छन्। किसानहरूसँग उचित संचार वा कोल्ड स्टोरेजको सुविधा छैन जसले गर्दा बजार मूल्य कम हुने गर्दछ तर मोबाइल फोनको प्रचुरताले परिस्थिति बदलिदैंछ।

“जर्नी टु बङ्गलादेश” ले युट्यूबमा बारिसल ब्याकवाटर्सका तैरिने बजार र अम्बाका बगैंचा देखाउने भिडियो [5] अपलोड गर्यो।

फोटोग्राफर मो. मोयाज्जम मोस्तकिम आफ्ना फेसबूक पेज तिमुर फोटोग्राफी [6]मा तैरिने बजारका दर्जनौं अदभुत फोटो सेयर गर्छन्। अनलाइनमा यस पेजप्रतिको आकर्षण भाइरल भएको छ। मोस्तकिमको अनुमति लिएर हामीले उनका फोटो प्रस्तुत गरेका छौं।

Collecting Guava from orchards. Vimruli, Jhalokathi, Bangladesh | 2015 © Md. Moyazzem Mostakim, Used with permission [7]

बगैंचाबाट अम्बा संकलन गर्दै। भिमरुली, झालोकाठी, बङ्गलादेश। २०१५
© मो. मोयाज्जम मोस्तकिम, अनुमति लिएर प्रयोग गरिएको

On the way to the market. Atghor, Swarupkathi, Bangladesh | 2015 Md. Moyazzem Mostakim, Used with permission. [8]

बजार जाने बाटोमा । आट्घोर, स्वरुपकाठी, बङ्गलादेश। २०१५
© मो. मोयाज्जम मोस्तकिम, अनुमति लिएर प्रयोग गरिएको

Guava Sellers arriving via canals. Atghor, Swarupkathi, Bangladesh | 2015 Md. Moyazzem Mostakim, Used with permission [9]

अम्बा विक्रेता नहरबाट आउँदै गरेको । आट्घोर, स्वरुपकाठी, बङ्गलादेश। २०१५
© मो. मोयाज्जम मोस्तकिम, अनुमति लिएर प्रयोग गरिएको

Guava Sellers arriving via canals. Atghor, Swarupkathi, Bangladesh | 2015 Md. Moyazzem Mostakim, Used with permission [10]

अम्बा विक्रेता नहरबाट आउँदै गरेको । आट्घोर, स्वरुपकाठी, बङ्गलादेश। २०१५
© मो. मोयाज्जम मोस्तकिम, अनुमति लिएर प्रयोग गरिएको

Floating Guava Market in Full flow. Vimruli, Jhalokathi, Bangladesh | 2015 © Md. Moyazzem Mostakim, Used with permission [11]

व्यस्त तैरिने अम्बाको बजार । भिमरुली, झालोकाठी, बङ्गलादेश। २०१५
© मो. मोयाज्जम मोस्तकिम, अनुमति लिएर प्रयोग गरिएको

Hoards of Tourist entering the village market in Vimruli, Jhalokathi, Bangladesh | 2015 © Md. Moyazzem Mostakim. Used with permission [12]

भिमरुलीको ग्रामीण बजारमा पर्यटकको ओइरो, झालोकाठी, बङ्गलादेश। २०१५
© मो. मोयाज्जम मोस्तकिम, अनुमति लिएर प्रयोग गरिएको

A casual chat between sellers. Vimruli, Jhalokathi, Bangladesh | 2015 © Md. Moyazzem Mostakim, Used with permission. [13]

एक आपसमा गफिंदै विक्रेताहरू । भिमरुली, झालोकाठी, बङ्गलादेश। २०१५
© मो. मोयाज्जम मोस्तकिम, अनुमति लिएर प्रयोग गरिएको

Sold to a wholesaler - Vimruli, Jhalokathi, Bangladesh | 2015 © Md. Moyazzem Mostakim, used with permission. [14]

थोक विक्रेतालाई बेचिएको । भिमरुली, झालोकाठी, बङ्गलादेश। २०१५
© मो. मोयाज्जम मोस्तकिम, अनुमति लिएर प्रयोग गरिएको

तपाईले यस तैरिने अम्बाको बजारका थप फोटोहरू यहाँ [6] हेर्नसक्नुहुनेछ।