- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

कम्बोडियामा ५० वर्षकै सबैभन्दा भयावह खडेरीले जनावरहरूलाई समेत छाडेको छैन

श्रेणी : पूर्व एशिया, कम्बोडिया, नागरिक मिडिया, प्रकोप, वातावरण
Screen Shot 2016-05-09 at 12.46.12 AM [1]

अङ्कोरमा लूले मरेको पर्यटक बोक्ने हात्ती। हात्तीको सवारीे अन्त्य गर्नका लागि शुरु गरिएको अनलाइन याचिकाबाट लिइएको तस्वीर। श्रोत: change.org

कम्बोडियालाई बढ्दो तापक्रम र पानीको अभावले गाँज्नुका पछि एल निन्यो आंशिक रुपमा हात रहेको छ। अहिलेको अत्यधिक खडेरी ५० वर्षयताकै भयावह [2] हो।

सरकारका अनुसार १०० जिल्लामा २५ लाखभन्दा बढी कम्बोडियाई खडेरीबाट प्रभावित [3] छन् र देशका २५ प्रदेशमध्ये १८ मा पानीको अभाव भएको जनाइएको छ। साथै ९ प्रदेश गर्मीको लहरको चपेटामा परेका छन्।

कम पानी वितरणले धेरै ग्रामीण क्षेत्रमा गरिबी बढाएको छ जहाँ किसानहरू सिंचाईका लागि नदी र पोखरीमा निर्भर रहन्छन्। खाद्य सुरक्षा तथा स्थानीय जनमानसको स्वास्थ्य पनि चिन्ताको विषय बनेको छ।

#Cambodia [4]मा खडेरीको विध्वंसात्मक असर

#Cambodia [4]को खडेरीप्रभावित कन्डाल प्रदेशमा सुकेको पोखरीबाट माछा संकलन गर्दै माझी

यस युट्यूब भिडियोले बान्तिए मिनचेको पूरै सुकेको [11] सिसोफोन नदी देखाउँछ।

अर्को भिडियोले बान्तिए मिनचे प्रदेशमा लगभग सुकिसकेको पानीको स्रोतबाट ग्रामीण भेगका केही परिवार कसरी पानी संकलन गर्छन् [12] भन्ने देखाउँछ:

पानीको अभाव र लूले जनावरहरू मर्दैछन्। घट्दो पानीको सतहका कारण गत महिना तोन्ले छमार तालमा ६५ टन माछा मरे:

#KampongThom [13] #Cambodia [4]मा पानीको अभाव र गर्मीले धेरै टन माछा मरे#DroughtKH [14]

खडेरी र पानीको अभावले र गर्मीले #StungTreng [18] प्रदेशको सिम पाङ जिल्लामा ३०० गाईवस्तु मरे

अधिकारीहरू सिम रिपमा सयौं चमेरा मर्नुका पछाडि गर्मीको लहरलाई दोष दिन्छन् #Cambodia [4]

समुदायबाट: #Cambodia [4]को बत्तामबाङमा पानी नभएकोले आज ३० भन्दा बढी कालो बाँदर मरे।

लूले अङ्कोरमा पर्यटक बोक्ने हात्ती [1] मर्यो। यस घटनाका कारण केही इन्टरनेट प्रयोगकर्ताले निकायहरूलाई हात्तीको सवारी बन्द गर्न अनुरोध गर्दै याचिका शुरु गरेका छन्। हात्तीको सवारी अझै पनि पर्यटकमाझ लोकप्रिय छ।

कम्बोडियाई सरकारले खडेरीविरुद्ध यस देशको जवाफमा सहयोग र एकता [29]का लागि आह्वान गरेको छ। अधिकारीहरूले पानीको अभाव खेपिरहेका बासिन्दालाई तुरुन्त राहत प्रदान गर्नेे प्रण गरेका छन्।