कम्बोडियामा ५० वर्षकै सबैभन्दा भयावह खडेरीले जनावरहरूलाई समेत छाडेको छैन

Screen Shot 2016-05-09 at 12.46.12 AM

अङ्कोरमा लूले मरेको पर्यटक बोक्ने हात्ती। हात्तीको सवारीे अन्त्य गर्नका लागि शुरु गरिएको अनलाइन याचिकाबाट लिइएको तस्वीर। श्रोत: change.org

कम्बोडियालाई बढ्दो तापक्रम र पानीको अभावले गाँज्नुका पछि एल निन्यो आंशिक रुपमा हात रहेको छ। अहिलेको अत्यधिक खडेरी ५० वर्षयताकै भयावह हो।

सरकारका अनुसार १०० जिल्लामा २५ लाखभन्दा बढी कम्बोडियाई खडेरीबाट प्रभावित छन् र देशका २५ प्रदेशमध्ये १८ मा पानीको अभाव भएको जनाइएको छ। साथै ९ प्रदेश गर्मीको लहरको चपेटामा परेका छन्।

कम पानी वितरणले धेरै ग्रामीण क्षेत्रमा गरिबी बढाएको छ जहाँ किसानहरू सिंचाईका लागि नदी र पोखरीमा निर्भर रहन्छन्। खाद्य सुरक्षा तथा स्थानीय जनमानसको स्वास्थ्य पनि चिन्ताको विषय बनेको छ।

#Cambodiaमा खडेरीको विध्वंसात्मक असर

#Cambodiaको खडेरीप्रभावित कन्डाल प्रदेशमा सुकेको पोखरीबाट माछा संकलन गर्दै माझी

यस युट्यूब भिडियोले बान्तिए मिनचेको पूरै सुकेको सिसोफोन नदी देखाउँछ।

अर्को भिडियोले बान्तिए मिनचे प्रदेशमा लगभग सुकिसकेको पानीको स्रोतबाट ग्रामीण भेगका केही परिवार कसरी पानी संकलन गर्छन् भन्ने देखाउँछ:

पानीको अभाव र लूले जनावरहरू मर्दैछन्। घट्दो पानीको सतहका कारण गत महिना तोन्ले छमार तालमा ६५ टन माछा मरे:

#KampongThom #Cambodiaमा पानीको अभाव र गर्मीले धेरै टन माछा मरे#DroughtKH

खडेरी र पानीको अभावले र गर्मीले #StungTreng प्रदेशको सिम पाङ जिल्लामा ३०० गाईवस्तु मरे

अधिकारीहरू सिम रिपमा सयौं चमेरा मर्नुका पछाडि गर्मीको लहरलाई दोष दिन्छन् #Cambodia

समुदायबाट: #Cambodiaको बत्तामबाङमा पानी नभएकोले आज ३० भन्दा बढी कालो बाँदर मरे।

लूले अङ्कोरमा पर्यटक बोक्ने हात्ती मर्यो। यस घटनाका कारण केही इन्टरनेट प्रयोगकर्ताले निकायहरूलाई हात्तीको सवारी बन्द गर्न अनुरोध गर्दै याचिका शुरु गरेका छन्। हात्तीको सवारी अझै पनि पर्यटकमाझ लोकप्रिय छ।

कम्बोडियाई सरकारले खडेरीविरुद्ध यस देशको जवाफमा सहयोग र एकताका लागि आह्वान गरेको छ। अधिकारीहरूले पानीको अभाव खेपिरहेका बासिन्दालाई तुरुन्त राहत प्रदान गर्नेे प्रण गरेका छन्।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.