
फिचर्ड कलेक्टिभ्सबाट लिइएको थेट पाइङ तेइको फोटो। फेरी डुङ्गाको जीवन। यांगोन, म्यानमार। २०१५। सिसि लाइसेन्स
फिचर्ड कलेक्टिभ्स नामक क्राउडसोस्र्ड फोटो ब्लगिङ्ग वेबसाइटले म्यानमारका साधारण मानिसका दैनिकी खिच्ने फोटोग्राफरलाई आफ्ना फोटोहरू पेश गर्न प्रोत्साहित गर्दछ।
यस साइटका संचालनकर्ता फोटोग्राफर चित मिन माउङले यस अनलाइन परियोजनाको उद्देश्य म्यानमारका फोटोग्राफरहरूको सिर्जनशीलता दर्शाउँदै उनीहरूलाई अन्तर्राष्ट्रिय समुदायसँग जोड्नु रहेको कुरा ग्लोबल भ्वाइसेजलाई बताए। उनले भने:
In Myanmar, we usually shoot landscapes and portraits and we don't make much choices. So, we wanted to show that we still have different types of photography other than those two.
हामी म्यानमारमा खास गरेर ल्याण्डस्केप र पोट्रेट मात्र खिच्छौ र धेरै विकल्प खोज्दैनौै। त्यसैले हामी के देखाउन चाहन्थ्यौ भने हामीसँग अझै यी दुई बाहेक धेरै प्रकारका फोटोग्राफी छन्।
सन् २०१० मा संवैधानिक लोकतन्त्रमा जानु अघि पहिले बर्मा भनिने म्यानमार ५० वर्षभन्दा बढी सैनिक तानाशाहीको अधीनमा थियो। सैनिक शासनका बेला यहाँको अद्वितीय सँस्कृति तथा जीवन पद्धतिलाई जोगाई राख्दै म्यानमार मुख्यतया बाँकी दुनियासँग टाढा रह्यो। गत वर्ष प्रतिपक्षले सैनिकसमर्थित पार्टीलाई ऐतिहासिक निर्वाचनमा हरायो जसले म्यानमारको समाजमा नयाँ युगको आगमन गराउन सक्नेछ।
म्यानमारले अबका महिनामा अझ धेरै सुधार ल्याउने तयारी गर्दै गर्दा फिचर्ड कलेक्टिभ्स जस्ता वेबसाइटहरू यहाँको द्रुत गतिमा परिवर्तन हुँदै गरेको समाजको दैनिक जीवनको दस्तावेज तयार पार्न अनिवार्य छन्।
यस फोटोब्लगमा देशभित्र र बाहिरका फोटोग्राफरले प्रस्तुत गरेका फोटो लेख तथा व्यक्तिगत फोटोहरू फिचर गरिएको छ। उदाहरणका लागि एउटा संग्रहले काठबाट मालाका दाना बनाउँदै गरेको देखाउँछ।
यस लेखले भन्छ:
ပုတီးဟာ မြန်မာလူမျိုးတွေရဲ့ မရှိမဖြစ်အသုံးအဆောင်ပစ္စည်းဖြစ်ပါတယ်။ အမျိုးသမီးများရဲ့ အဆင်တန်ဆာအဖြစ် အသုံးပြုခဲ့ကြခြင်းကတော့ အထင်အရှားပါပဲ။ လွန်ခဲ့တဲ့ နှစ်ပေါင်း ၂၀၀၀ ကျော် ပျူခေတ်က ပျူပုတီးတွေဟာ ထင်ရှားတယ်။… အဆင်တန်ဆာပုတီးကိုသာ ကင်းအောင်နေနိုင်သူရှိချင်ရှိမယ်။ စိပ်ပုတီးကိုတော့ မြန်မာလူမျိုးတိုင်း မကင်းနိုင်ကြပါဘူး။… စိပ်ပုတီးကို အများဆုံးပြုလုပ်တာကတော့ သစ်သားနဲ့ပါ။ အထွတ်အမြတ်အနေနဲ့မို့ မွှေးရနံ့သင်းတဲ့ နံ့သာဖြူ၊ နံ့သာနီ၊ ကရမက်အသားတွေနဲ့လည်း ပြုလုပ်တယ်။… တစ်ပြည်လုံးအတွက် စိပ်ပုတီးတွေကို မန္တလေးက ပြုလုပ်ဖြန့်ချိတာများပါတယ်။… ပုတီးစေ့တွေကို ပန်းပွတ်စက်နဲ့ပြုလုပ်ပြီး ကျလာတဲ့ လွှစာမှုန့်တွေ ပုတီးဖောက်ပြီး အသားပြားလေးတွေကလည်း ပစ်စရာမလိုဘူး။ တစ်နှစ်လုံးစာစုထားပြီး တပို့တွဲလ မဟာမုနိဘုရားကြီးပွဲတော်ရောက်တော့ တပို့တွဲလဆန်း ၁၄ ရက်က လပြည့်အကူး အရုဏ်တက်မှာ ရုပ်ရှင်တော်မြတ်ကြီးကို မီးပုံးထင်းပူဇော်တော့ ဒီပစ္စည်းတွေနဲ့ မီးပုံးထင်းအဖြစ်ပူဇော်ကြတာပါ။…”
मालाका दाना म्यानमारका बासिन्दाका लागि अनिवार्य वस्तु हुन् । योे महिलाहरूको गहनाको रुपमा पनि रहेको कुरा जगजाहेर छ। २,००० वर्ष अघि प्यू कालका दानावाला मालाका हार प्रख्यात थिए। […] गहनाका माला सबैले प्रयोग नगर्ने भए पनि ध्यान गर्नका लागि प्रयोग हुने मालाका दाना सबै म्यानमारी बौद्धमार्गीका लागि महत्वपूर्ण छन्। […] ध्यान गर्नका लागि प्रयोग हुने मालाका दाना मुख्यतया काठबाट बनाइन्छन्। यी पवित्र मानिने हुनाले सुगन्धयुक्त काठ प्रयोग गरेर बनाइन्छन्। […] ध्यान गर्नका लागि प्रयोग हुने मालाका दाना लगभग सबै म्याण्डलेबाट आउने गर्दछ। […] मालाका दाना बनाउँदा बचेका सुगन्धयुक्त काठका टुक्राटाक्री त्यसै फालिदैनन्। यी पवित्र चाड दा पो त्वेका बेला बुद्धका तस्वीरमा अग्नि अर्पण गर्नका लागि प्रयोग गरिनेछन्।
हामीलाई मन परेका म्यानकारका बाटामा देखिने दैनिक दृश्यका केही फोटोहरू हेर्नुहोस्। थप फोटोहरू हेर्न यस वेबसाइटमा अवश्य जानुहोस्।