- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

विश्वभरि आशा र सामाजिक परिवर्तनको सन्देश फैलाउँदै नेपालका सेता पुतलीहरू

श्रेणी : दक्षिण एशिया, नेपाल, Ideas, कला र संस्कृति, नागरिक मिडिया
A boy looks on from an old abandoned vehicle installed with white butterflies. Image from the Facebook page of the White Butterfly project. Used with permission.

सेता पुतलीजडित पुरानो छाडिएको गाडीबाट चिहाउँदै गरेको बालक। ह्वाइट बटरफ्लाई प्रोजेक्टको फेसबूक पेजबाट लिइएको तस्वीर। अनुमति लिएर प्रयोग गरिएको।

सेतो रङ्गले शान्ति जनाउँदछ र नेपालका यी सेता पुतलीहरू विश्वभरि आफ्ना पखेंटा फिजाउँदै शान्ति, आशा तथा सामाजिक परिवर्तनको सन्देश फैलाउँदै छन्।

नेपाली कलाकार मिलन राईले यी पुतलीहरूलाई [1] काठमाडौंका गल्लीहरूमा, मुख्यतया पुराना, जीर्ण तथा बिर्सिएका ठाउँहरूमा जस्तै कि रूखहरूमा अनि व्यस्त सडकहरू र प्रख्यात ठाउँहरूमा पनि राखेपछि यस अभियानले गति लियो।

राईका अनुसार रूपान्तरणका प्रतीक पुतलीहरूले परिवर्तन तथा आशालाई दर्शाउछन्।

एउटा जटिल कला परियोजनाका बारेमा सोच्दै गर्दा एउटा वास्तविक सेतो पुतली आएर उनको पेन्टब्रशमा बस्यो र पुतली जडित कलाको अवधारणा [2] फुर्यो, राई भन्छन्।

यसरी उनका सेता पुतलीहरूले आफ्ना यात्रा शुरु गरे।

यी कागज काटेर बनाइएका पुतलीहरूका स्थापनाले राईका मुद्दाहरूप्रति आगन्तुकहरूमा सशक्त भावना र समानुभूति जगाएका छन्।

हालै उनले गत वर्षको बैशाखमा आएको विनाशकारी भूकम्पमा ज्यान गुमाउने लगभग ९,००० व्यक्तिको सम्झनामा काठमाडौंको कालमोचन मन्दिर परिसरमा ९,००० सेता पुतली [3] प्रतिष्ठापन गरे।

यो मन्दिर भूकम्पले पूर्ण रुपमा ध्वस्त भएको थियो।

केही अगाडि उनले काठमाडौंको बागमती नदीको पूलमुनि [4] यस पवित्र नदीलाई अनियन्त्रित प्रदूषणबाट छुटकारा दिलाउने आशा व्यक्त गर्दै सेता पुतली स्थापना गरेका थिए।

हाल चलिरहेको वातावरणीय अभियानअन्तर्गत यस पवित्र नदीलाई सफा गर्न [5] समाजका हरेक क्षेत्रबाट मानिसहरू एक जूट भएर ओइरिएका छन्।

BagmatiRiver

बागमती नदीको पूलमुनि स्थापना गरिएका सेता पुतलीहरू। ह्वाइट बटरफ्लाई प्रोजेक्टको फेसबूक पेजबाट लिइएको तस्वीर। अनुमति लिएर प्रयोग गरिएको।

यस ‘बटरफ्लाई इफेक्ट’ (पुतलीको प्रभाव) ले विश्वका धेरै व्यक्तिलाई आकर्षित तथा प्रेरित गरेको छ र धेरैले यी पुतलीहरूको माग गरेका छन्।

उनले हालै एक फेसबूक पोष्ट [6]मा लेखे:

Verena came to visit my studio and took 500 white butterflies with her. She is going to a village called Ghyachchok – the epicenter of earthquake from 11-13 Baisakh. She is taking white butterflies for this community. She had also participated in spreading 9 thousand white butterflies on 6th april at Kalmochan. She is from Australia and works as a Music therapist in a children’s hospital.

भेरेना मेरो स्टूडियोमा आइन र आफूसँगै ५०० पुतली लिएर गइन। उनी ११–१३ वैशाखमा भूकम्पको केन्द्रविन्दू घ्याचोक भन्ने गाउँ जाँदैछिन्। उनी यस समुदायका लागि सेता पुतली लग्दैछिन्। उनले ६ अप्रिलका दिन कालमोचनमा ९ हजार सेता पुतली फैलाउने कार्यमा सहभागिता जनाएकि थिइन्। उनी अष्ट्रेलियाकी हुन् र सांगितिक चितित्सकका रुपमा एक बाल अस्पतालमा काम गर्दछिन्।

यी पुतलीहरूले संसारभर यात्रा गरेका छन् र ती स्थानमा व्यापक रुपमा यिनका फोटो खिंचिएका [7] छन्।

उदाहरणका लागि उनमा पुतलीहरू ब्रशेल्सको एउटा पार्कलाई बचाउन [8]का लागि एक जूट भएका बालबच्चा, वयस्क, बुढापाका तथा एक्टिभिष्टका साथ देखिएका थिए।

The white butterflies at a park in Brussels. Image from the Facebook page of the White Butterfly project. Used with permission.

ब्रशेल्सको एउटा पार्कमा स्थापना गरिएका सेता पुतलीहरू। ह्वाइट बटरफ्लाई प्रोजेक्टको फेसबूक पेजबाट लिइएको तस्वीर। अनुमति लिएर प्रयोग गरिएको।

यहाँ न्यूयोर्कको ज्याकसन हाइट [9]मा पनि:

Image from the Facebook page of the White Butterfly project. Used with permission.

ह्वाइट बटरफ्लाई प्रोजेक्टको फेसबूक पेजबाट लिइएको तस्वीर। अनुमति लिएर प्रयोग गरिएको।

साथै क्याम्बोडियामा पनि [10]:

Image from the Facebook page of the White Butterfly project. Used with permission.

ह्वाइट बटरफ्लाई प्रोजेक्टको फेसबूक पेजबाट लिइएको तस्वीर। अनुमति लिएर प्रयोग गरिएको।

हाई स्कूल पुरा नगरेका [11] राईले आफ्ना व्यक्तिगत कथा काठमाडौं बस्ने फिल्ममेकर शशांक श्रेष्ठ [12]द्वारा भिमियो [13]मा अपलोड गरिएको यस भिडियो [14]मा सुनाएका छन्।

हालै उनलाई हारवर्ड विश्वविद्यालयले आमन्त्रित [15] गरेको थियो। त्यहाँ उनले आफ्नो परियोजनाका बारेमा बताए र आफ्ना प्रख्यात पुतलीहरू यस विख्यात विश्वविद्यालयका विभिन्न स्थानमा स्थापना गरे:

Two days ago, I had a meeting with Harvard Divinity school Buddhist ministry students. It was a heart warming experience to share my creative journey with the the Professors and students. I mostly talked about my personal transformation and how a tiny butterfly changed my life. After that we went to spread white butterflies in other departments.
‪#‎buddhism‬ ‪#‎enter‬ the ‪#‎gate‬ of ‪#‎wisdom‬ ‪#‎life‬ ‪#‎peace‬ ‪#‎harvard‬ ‪#‎learning‬‬‬‬‬‬‬‬‬‬‬‬‬‬‬‬‬

दुई दिनअगाडि हारवर्ड डिभिनिटि स्कूलका बुद्धिष्ट संकायका विद्यार्थीहरूसँग मेरो मिटिङ्ग भएको थियो। प्राध्यापक र विद्यार्थीलाई आफ्नो सिर्जनात्मक यात्राबारे सुनाउनु मेरालागि मन छुने अनुभव थियो। मैले मुख्यतया आफ्नो व्यक्तिगत रुपान्तरण र कसरी एउटा सानो पुतलीले मेरो जीवन परिवर्तन गर्यो भन्नेबारे बताए। त्यसपछि हामी यी सेता पुतलीलाई अन्य संकायमा फिंजाउनतर्फ लाग्यौ।
#‎buddhism‬ ‪#‎enter‬ the ‪#‎gate‬ of ‪#‎wisdom‬ ‪#‎life‬ ‪#‎peace‬ ‪#‎harvard‬ ‪#‎learning‬‬‬‬‬‬‬‬‬‬‬‬‬‬‬‬‬

Image from the Facebook page of the White Butterfly project. Used with permission.

ह्वाइट बटरफ्लाई प्रोजेक्टको फेसबूक पेजबाट लिइएको तस्वीर। अनुमति लिएर प्रयोग गरिएको।

फेसबूकमा [16] उनले थपे:

I finished this white butterflies art installation yesterday at the CGIS building (Center for Government and International Studies) ~ Harvard. It starts from the ground floor swirling up to the 4th floor.

हिजो मैले हारवर्डको सिजिआइएस भवन (सेन्टर फर गभर्नमेन्ट एण्ड इन्टरनेशनल स्टडिज) मा सेता पुतली स्थापना गरी सकाए। यो भुंइ तल्लादेखि शुरु हुन्छ र घुम्रिएर चौथौं तल्लासम्म पुगेको छ।

मेरालागि आजको दृश्य — नेपाली कलाकार मिलन राईसँग उनको ह्वाइट बटरफ्लाई प्रोजेक्टबारे अन्तर्वार्ता गर्दाको क्षण रमाइलो भयो।

आजकल राई आफ्नो भाइरल कला परियोजनाको पखेंटामा बसी विश्व सयर गर्दा विमान परिचारकका लागि माया र प्रशंसाका विशेष शब्द सुरक्षित [20] राख्छन्:

Image from the Facebook page of the White Butterfly project. Used with permission.

ह्वाइट बटरफ्लाई प्रोजेक्टको फेसबूक पेजबाट लिइएको तस्वीर। अनुमति लिएर प्रयोग गरिएको।

Usually the flight attendants say, “Thank you for flying with us.” Whenever I meet them I say, “Thank You for flying with me.”

साधारणतया विमान परिचारकले भन्छन्, “हामीसँग उड्नु भएकोमा धन्यवाद।” जब म उनीहरूलाई भेट्छु म भन्छु, “मसँग उड्नु भएकोमा धन्यवाद।”