- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

जापानको चिडियाखानाबाट रिसाएर फुत्केको चाचा चिम्पाञ्जीको चर्तिकला

श्रेणी : पूर्व एशिया, जापान, Humor, नागरिक मिडिया, ब्रेकिङ न्युज, मिडिया र पत्रकारिता
Japan's Angry Escaped Chimp Captivates Global Audience

बेहोश हुने औषधी सहितको डार्ट प्रहार पछि चाचा नामक चिम्पाञ्जीले कर्मचारीहरूलाई झम्टिंदै। एएनएन युट्युब च्यानलबाट लिइएको स्क्रीनक्याप। [1].

फुत्केको एक चिम्पाञ्जीले पशु चिकित्सक र बिजुली लाइनमा कार्यरत कर्मचारीलाई रिसाएर झम्टे पछि प्रत्यक्ष टेलिभिजन [1]मा केही समयका लागियो भाईरल समाचार [2] बन्यो।

उत्तरपूर्वी जापानको सेन्दाइमा अवस्थित यागियामा चिडियाखाना [3]बाट फुत्केपछि चाचा नाम गरेको उक्त चिम्पाञ्जी बिजुली पोलको माथिल्लो भागमा आश्रय लिन पुग्यो।

धेरै नजिकबाट बेहोश हुने औषधी सहितको डार्ट प्रहार पछि उक्त जनावर दुई कर्मचारीहरूलाई झम्टियो र उनीहरूको अत्यन्तै नजिक पुगेर आक्रमण गर्नबाट चुक्यो।

एक चिम्पाञ्जी सेन्दाइ सिटी चिडियाखानाबाट फुत्केपछि आवासीय क्षेत्रमा बिजुली लाइनको माथिल्लो भागबाट समातिएको थियो।

चिम्पाञ्जी समात्न धेरै बल र मेहनत प्रयोग भएको गतिविधि जापानको टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो। बिजुली लाइनको माथिल्लो भागमा बसेको चिम्पाञ्जी बेहोश हुने औषधीको असरले तल खस्ला भनेर त्यसको सुरक्षार्थ सडकमा गद्दा ओछ्याएर कार्यदल तैनाथ थिए।

दुर्भाग्यवश, तिनीहरूले सो चिम्पाञ्जी खस्ने ठाँउको गलत अनुमान गरे र अनुमान विपरित चाचा फूटपाथमा खस्न पुग्यो।

क्याप्शन: भागेको चिम्पाञ्जी समातियो।

काहोकु शिम्पो समाचार केन्द्रका अनुसार [7] खसेपछि सो चिम्पाञ्जीको स्वास्थ्यमा सुधार भइरहेको छ। सेन्दाइ चिडियाखानाले आफ्नो चिम्पाञ्जीको प्रदर्शनमा समर्पित वेब पेजमा [8] चाचाको बारे कुनै पनि जानकारी नदिएको पाइएको छ।

जापानमा भागेका जनावरहरूलाई कसरी समात्ने भन्ने विषयगत प्रशिक्षणमा चिडियाखाना र नगरपालिकाका कर्मचारीहरूले भाग लिनुलाई सामान्य मानिन्छ। यस प्रशिक्षणले सो चिम्पाञ्जी समात्नमा सहायता गरेको हुन सक्छ।

भिडियो शीर्षक: भूकम्प पछि जेब्रा भाग्छ?