
एसिड आक्रमणमा जीवितका साथै कर्मचारीहरु मेक लभ नट स्कार्स स्वास्थ्यलाभ केन्द्रको भव्य उद्घाटनमा, क्रेडिट: अविरत सुन्द्रा
आइसिस म्याड्रिड को यो लेख शुरुमा पीआरआई डट ओआरजीमा प्रकाशित भएको (अप्रिल १,२०१६) थियो र सामग्री साझेदारी सम्झौता अनुसार यहाँ पुन: प्रकाशित गरिएको छ।
रीया शर्मा सर्वदा एक कार्यकर्ता थिइनन्। केहि वर्ष पहिले मात्र उनी लीड्स कलेज अफ आर्टमा फेशनकी छात्रा थिइन्। तर त्यस कामदेखि उनी निरुत्साही बनिन् र फिल्मतिर लाग्ने निर्णय लिइन्। उनको पहिलो प्रोजेक्ट: एसिड आक्रमणमा परी बाँचेकाहरुका सम्बन्धी एक वृत्तचित्र।
“जब मैले वृत्तचित्र छायाँकन गरिरहेकी थिएँ, मैले आफुलाई सरकारी अस्पतालको बर्न वार्डमा पाएँ,” शर्मा भन्छिन्। “वार्डमा देखेका कुराहरुले मलाई सधैंका निम्ति परिवर्तन गरिदिए। एकै पटकमा त्यति विघ्न विपत्ती मैले कहिले पनि देखेकी थिइन, त्यति धेरै पीडामा म कहिले पनि घेरिएकी थिइन। जब तपाईं त्यस्तो परिस्थितिमा पुग्नुहुन्छ तपाईंसँग दुई विकल्पहरु हुन्छन्, या त तपाईं आफ्नै जीवनको सुविधातर्फ फर्कनु हुन्छ वा अरु कसैको जीवनलाई सुविधापूर्ण बनाउने प्रयास गर्नुहुन्छ।”
२३ वर्षकी अग्रणी दिल्लीवासीले अब एसिड आक्रमणमा जीवितहरुका सहयोगको निम्ति जीवन अर्पण गरेकी छिन्। सन् २०१४ मा पीडितहरू (जो प्राय जसो महिलाहरु हुन्छन्) का लागि मेक लभ नट स्कार्स (प्रेम गरौं दाग हैन) स्थापना गरिन्। साथै एसिड आक्रमणमा जीवितहरुका लागि सुविधा बढाउन मार्च ७ मा भारत कै पहिलो यस प्रकारको स्वास्थ्यलाभ केन्द्रको आरम्भ गरिन्।

शर्मा ( बाँया ) र एक जीवित, मेक लभ नट स्कार्स स्वास्थ्यलाभ केन्द्रको भव्य उद्घाटनमा, क्रेडिट: अविरत सुन्द्रा
दिल्लीको यस अग्रणी नयाँ केन्द्रले जीवितहरुलाई चिकित्सकीय, कानुनी, मनोवैज्ञानिक र आर्थिक सहायता गर्दछ। साथै यस केन्द्रले योग,कविता र भावनात्मक समर्थनमा पहुँच प्रदान गर्दछ। शर्मा आशा गर्छिन्, यसले आक्रमणपछि स्वास्थ्यलाभ गरिरहेका महिलाहरुलाई सहज महसुस हुनेछ । स्थानिय महिलाहरुलाई उपचार, तालिम र अनुभवी व्यक्तिहरुमार्फत सहयोग गर्ने क्रममा उनीहरुबीच सम्बन्ध जोड्न सुरक्षित ठाउँ प्रदान गर्नको अतिरिक्त केन्द्रमा शहर बाहिरबाट आएकाहरुका लागि सुत्ने क्वार्टरको व्यवस्था पनि छ।
मेक लभ नट स्कार्सले व्यावसायिक तालिम, जीवन जिउने कला सम्बन्धी वर्कशप, कानुनी सल्लाह र मानसिक स्वास्थ्य सेवा पनि प्रदान गर्दछ।
एसिड आक्रमण संसार भरको समस्या हो, खासगरी भारतमा। हरेक वर्ष त्यहाँ अनुमानित १००० एसिड आक्रमणबारे महिलाहरुले जानकारी दिन्छन्, यो कार्य अक्सर तिरस्कृत प्रेमी वा परिवारमा अस्वीकृत सदस्यको कारण भएको हुन्छ। प्राय महिलाहरुले घटनाको जानकारी गराउदैनन्, एसिड सर्भाइभर्स ट्रष्ट इन्टरन्याशनल का अनुसार वास्तविक संख्या धेरै छ।

एसिड आक्रमणमा जीवित, मेक लभ नट स्कार्स स्वास्थ्यलाभ केन्द्रको भव्य उद्घाटनमा, क्रेडिट: अविरत सुन्द्रा
देश भरका स्टोरमा जसलाई पनि उपलब्ध हुने एसिडको मुल्य भारतमा १ लीटरको ३३ सेन्टभन्दा कम पर्दछ।
सन् २०१४ मा मेक लभ नट स्कार्सको स्थापना पश्चात एसिड आक्रमणका जीवितहरुलाई अन्य कुराहरुभन्दा गुणस्तरीय चिकित्सा उपचारका लागि सहयोगको खाँचो छ भन्ने कुरा शर्माले बुझिन्। उपचार खर्च र कानुनी प्रतिनिधित्वको निमित्त सहयोगको आवश्यकता भएका जीवितहरुका लागि शर्मा र उनका सहयोगीहरुले कोष स्थापना गर्छन्। सम्भव भएसम्म मेक लभ नट स्कार्सले निःशुल्क उपचारका लागि भारत सरकारलाई अनुरोध पनि गर्दछ।
गत महिना शर्मालाई लण्डनका मेयरद्वारा ब्रिटिश काउन्सिल इन्टरन्याशनल अलुम्नाइ अवार्डबाट सम्मानित गरियो। तर सम्मानको मार्ग जुनसुकै तवरको भएतापनि शर्मा र उनका सहयोद्धाहरुका निम्ति सामान्य थियो। प्रारम्भमा उनी उमेरप्रतिको भेदभाव र पितृसत्तात्मक मूल्यहरुका विरुद्ध लडिन् जसले उनको सफल हुने क्षमतालाई अवमुल्यन गरायो।
“[शुरुमा,] हामीलाई गम्भीर रुपले लिइयोस भनेर संघर्ष गर्यौं,” उनी भन्छिन्। “यो हाम्रो सोचमा मानिसहरूलाई विश्वास दिलाउन कठिन थियो किनकि आखिर कोही पनि युवाहरुलाई पैसाको मामिलामा विश्वास गर्न चाँहदैनन्।”

मेक लभ नट स्कार्स स्वास्थ्यलाभ केन्द्रको भव्य उद्घाटन, क्रेडिट: अविरत सुन्द्रा
दुई वर्ष पछि, शर्मा र उनको संगठनले न्यूयोर्क टाइम्स जस्ता संचार माध्यममा अन्तर्राष्ट्रिय प्रशंसा प्राप्त गर्न सफल भयो; विज्ञापनका दिग्गज ओगिल्वी एण्ड म्याथरसँग मिलेर मुम्बईभर डिजाइन र होर्डिंग मार्फत एसिड बिक्रीमा प्रतिबन्धका लागि आव्हान गरियो। अब आएर उनीहरुले ठूला चन्दा दाता संस्थाहरुलाई आकर्षित गर्न सफल भएका छन्।
परन्तु शर्मा उमेरप्रतिको भेदभाव अझै पनि अनुभव गर्छिन्।
“”यो मेरो लागि एक अनवरत संघर्ष हो,” उनी भन्छिन्। “वास्तवमा म सभामा सहमत हुनुअघि फोन कल लिन रुचाउछु किनभने मलाई मानिसहरुले मेरो उमेर वा रूपबाट मलाई आँकेको म चाँहन्न।”
मेक लभ नट स्कार्स केन्द्र शर्माको निम्ति गर्व गर्न लायक कुरा हो, उनले यसलाई स्थापना गर्न संघर्ष गर्नुपरेकोले मात्र हैन। जीवितहरुलाई सीप र स्रोतहरू उपलब्ध गराउनुका अतिरिक्त केन्द्रले दिल्लीका तीनजना महिलाहरुका साथै आलोपालो शिक्षकहरूको समूहलाई पूर्ण कालिन रोजगारी प्रदान गर्दछ। यिनीहरुमध्ये एकजना कर्मचारी एसिड आक्रमणका जीवित हुन्।

एसिड आक्रमणमा जीवित, मेक लभ नट स्कार्स स्वास्थ्यलाभ केन्द्रको भव्य उद्घाटनमा, क्रेडिट: अविरत सुन्द्रा
“”म वास्तवमै हामी हिंडिरहेको बाटोको बारेमा खुशी छु,” शर्मा भन्छिन्। “मलाई लाग्छ केन्द्रको अस्तित्वले एसिड आक्रमणका जीवितहरुका जीवन र भविष्यमा परिवर्तन ल्याउन अत्यन्तै सहायक हुनेछ।””
दस वर्षपछि, शर्मा आशा गर्छिन् उनले स्थापना गर्न कठिन संघर्ष गरेको संस्थाको आवश्यकता पर्ने छैन। उनको सपना ? त्यसबेला सम्ममा जीवितहरु उत्पादनशील बनेर जीउन, स्वतन्त्र जीवन बिताउन सक्षम बनिसकेका हुनेछन् – साथै एसिड आक्रमण सांस्कृतिक क्षेत्रदेखि हराएर जानेछ।