- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

त्वचाको रङ्गप्रतिको पूर्वाग्रहविरुद्ध महिलाहरूको #‎UnfairAndLovely‬‬ अभियान ‪

श्रेणी : उत्तर अमेरिका, दक्षिण एशिया, भारत, श्रीलङ्का, संयुक्त राज्य अमेरिका, Ideas, कला र संस्कृति, जातीयता र वंश, डिजिटल एक्टिभिज्म, नागरिक मिडिया, महिला र लिङ्ग
Screenshot from the Instagram account #unfairandlovely_ [1]

इन्स्टाग्राम एकाउन्ट @unfairandlovely_ बाट लिइएको स्क्रीनशट

अफ्रिका र एशियाका धेरै जसो भागमा सौन्दर्यको मूल अवधारणा गोरो वर्ण भएका महिलाहरूसँग सम्बद्ध छ। त्वचा गोरो बनाउने सौन्दर्य प्रशाधनका सामग्रीहरूको अरबौं डलरको व्यापार [2] छ र ती सामग्रीहरूले श्यामवर्णलाई गोरो बनाउन सकिन्छ र यो बढि मन पराइने खालको हुन्छ भन्ने अवधारणालाई समर्थन गर्दछन्।

यसलाई #‎UnfairAndLovely अभियानले चुनौती दिइरहेको छ। यस ह्याशट्यागले ट्वीटर, इन्स्टाग्राम र टम्बलर जस्ता विभिन्न सोसल मिडियामा तहल्का मचाउँदै आफ्नो त्वचाको श्यामवर्णलाई नै राम्रो ठान्नलाई प्रेरित गरेको छ। संयुक्त अधिराज्य अमेरिकामा प्याक्स जोन्स [3]ले आफ्ना बहिनीहरू मिरुषा [4] र यानुषा योगराजाको गरेको फोटो शूटबाट यो अभियान शुरु भयो। श्रीलंकाली आमाबुवा [5]का सन्तान जोन्स र उनका मोडलिङ्ग गर्ने बहिनीहरु तीनै जना युनिभर्सिटि अफ टेक्सासका विद्यार्थी हुन् ।

उनीहरुले आफ्ना फोटो ह्याशट्याग #UnfairAndLovely सहित अनलाइनमा सेयर गरे। यसको उद्देश्य चाही “फेयर” (छाला गोरो बनाउने नाम चलेको फेयर एण्ड लभ्ली क्रीम) यानिकि गोरो भनेकै सुन्दर हो भन्ने अवधारणालाई चुनौती दिनु हो।

त्यसपछि अभियानले गति लियो। श्यामवर्णका जोन्सले अन्तर्वार्ता [6]मा भनिन्, “म अति रंगवाद कसरी विश्वभरि नै फैलिने फेनोमेनन हुन्छ भन्ने हेर्न चाहन्थे र यसले म भन्दा भिन्न जातीय पृष्ठभूमिलाई कसरी प्रभावित गर्छ भन्ने हेर्न चाहन्थे।”

मेरो साथीको आमाले यसो गर्थिन् र यसले मलाई दुखी बनाउथ्यो। सौन्दर्यता हरेक रङ्गहरूमा हुन्छ #unfairandlovely [7]⚡️https://t.co/UYCSI8p40U [8]

विगतमा रंगवादविरुद्ध अन्य अभियानहरू संचालान गरिएका थिए। भारतमा भारतीय सौन्दर्य प्रशाधन सामग्री उत्पादन गर्ने कम्पनी इमामीविरुद्ध फेयर एण्ड ह्याण्डसम क्रिमको विभेदकारी विज्ञापन हटाउनका लागि याचिका [10] दायर गरिएको थियो। सन् २०१३ को अर्को अभियान डार्क इज ब्यूटिफुल (श्यामवर्ण सुन्दर हुन्छ, ग्लोबल भ्वाइसेजको रिपोर्ट [11] हेर्नुहोस्) ले श्यामवर्ण अलिक कुरुप र अरुको दाँजोमा नराम्रो हुन्छ भन्ने अवधारणा विरुद्ध काम गर्यो। त्यस पछिको वर्षमा एडभर्टाइजिङ्ग स्ट्याण्डर्ड्स काउन्सिल अफ इण्डिया (भारतको विज्ञापन स्तर मापन गर्ने परिषद्) ले त्वचा गोरो बनाउने सामग्रीहरूको विभेदकारी विज्ञापनमा रोक लगायो।

अफ्रिकी राष्ट्र आइवरी कोष्टले पनि स्वास्थ्यमा दूरगामी प्रभाव पार्ने भन्दै त्वचा गोरो बनाउने सामग्रीहरूको विभेदकारी विज्ञापनमा रोक लगायो [12]

#‎UnfairAndLovely का लागि धेरै महिलाहरूले ट्वीटरमा ह्याशट्यागका साथ सेल्फी सेयर गरे:

जब मानिसहरू श्यामवर्ण भएका केटीहरूतिर औंला ठड्याउँछन् तर बिर्सन्छन् कि हाम्रो उज्यालोले समाजका लागि प्रकाश दिन्छ #UNFAIRANDLOVELY [13] pic.twitter.com/5U6qgUwu56 [14]

#brown [16] छु अथवा गएगुज्रेकी छु। आफ्नो छाला, कपाल, सबैलाई माया गर। #brownandunbothered [17] #unfairandlovely [7] #stayunfair [18]

आफ्नो त्वचामा आराम अनुभव गर, मिडियालाई सौन्दर्यको ब्याख्या गर्न नदेऊ #unfairandlovely [7]

तिमी कुनै पनि श्यामवर्णको किन नहोउ, तिमी सुन्दर छौं। #UNFAIRANDLOVELY [13] लाई कराएर भन्छु । म आफैंलाई माया गर्छु।

#unfairandlovely [7]: लंकावासी, बंगलादेशी, दक्षिण भारतीय जो प्रभुत्वशाली उत्तर भारतीयमाझ कहिल्यै अँटाउदैनन् + सुन्दरताको औपनिवेशिक अवधारणा

ह्याशट्याग व्यंग्य: #UnfairAndLovely [27]
दक्षिण पूर्व एशियाली महिलाहरूले भोग्नुपर्ने रंगवादप्रति व्यंग्यात्मक प्रतिक्रिया।

केही पुरुषहरूले पनि यसमा साथ दिए:

मलाई संधै गोरो हुनु नै राम्रो भनिएको थियो तर हैन यो मेरो छाला हो र म यसलाई माया गर्छु #unfairandlovely [7]

मैले आफैलाई माया गर्न पनि सिंके ☺ #UNFAIRANDLOVELY [13] #BROWNANDUNBOTHERED [32]

भारतीय यूट्युब स्टार द टेकी तान्त्रिकाले यस अभियानको समर्थनमा आफ्ना संघर्षका अनुभव साट्दै यो भिडियो अपलोड [35] गरिन्।

यस भिडियोमा उनी यूरोकेन्द्रित सौन्दर्यको अवधारणाको आलोचना गर्छिन्: “म यो भिन्नै प्रजाति देखिन चाहने अवधारणा बुझ्दिन। यसले मेरा लागि केही अर्थ राख्दैन।”

प्याक्स जोन्सले हफिङ्गटन पोष्टलाई [36] यो अभियान “समावेशी स्थलका लागि” रहेको बताइन्:

It is for the dark-skinned queer, trans, genderqueer, non-binary, poor, fat, differently abled people of colour.

यो श्यामवर्ण भएका समलिङ्गी, विपरितलिङ्गी, जेण्डरक्वेयर, नन बाइनरी, गरीब, मोटो, श्यामवर्णका भिन्नरुपले सक्षम व्यक्तिका लागि हो।

#UnfairAndLovely ले दक्षिण एशियालीहरूलाई आफ्नो सँस्कृतिमा गर्व गर्न र रंगवादको मुद्दालाई प्रकाशमा ल्याउन प्रेरित गर्नका लागि हाल चलिरहेको अभियान #ReclaimTheBindi [37] सँग सहकार्य गरेको छ। रिक्लेम बिन्दी विक [38] (टिका पुनस्र्थापना सप्ताह) मार्च ८ देखि १४ सम्म संचालन हुँदैछ।