रेल गुड्ने प्रतिक्षामा बसेका यात्रीहरूका ट्वीट

Shakuji Park Crossing, Seibu Ikebukuro Line, Tokyo. Screencap from YouTube user hitorikamonen channel.

साकुजी पार्क क्रसिङ,सेइबु ईकेबुकुरु लाइन,टोकियो। स्क्रीनक्याप-यू ट्यूब प्रयोगकर्ता हितोरीकमोनेन। .

अनुमान अनुसार लगभग ३,००० किलोमिटर भन्दा बढी रेल मार्गको सन्जालले टोकियो सबैतिरबाट जेलिएको छ जसले गर्दा जापानको राजधानी शहरलाई पृथ्वीमा उच्चतम रेलवे घनत्व भएको शहर बनाएको छ।
जबकि यसले टोकियो बासिन्दाहरुका लागि रेल यातायात सरल र सुविधाजनक बनाउँछ, ३४,००० लेवल रेल क्रसिङ (踏切,फुमिकिरी ) का कारण मोटर यात्री, साइकल यात्री र पैदल यात्री समान रुपले लामो समयसम्म कुर्नुपर्ने हुनसक्छ।

प्रमुख जापानी इन्टरनेट मेम-सेयरिङ समुदायका  एक सदस्य  मातोमे   नावेरले रेल गुड्ने प्रतिक्षामा बसेका मानिसहरुले ट्विट् गरेका लोकप्रिय पोष्टहरु चयन गरेका छन् जसले राजधानीको सबभन्दा व्यापक सेयर भएको अनुभव बारेमा विभिन्न मानिसहरुको विवरण चित्रण गर्दछन्।

त्यसो भए आज तपाईंको रेलको प्रतिक्षा कस्तो रह्यो त ?

केही मनिसहरु रेल अगाडि बढ्ने प्रतिक्षा गर्दा उनीहरुले देखेका अनौठा र मनोरञ्जक गतिविधिहरुका विवरण दिन्छन्।

At the crossing waiting for the train to go by. People are lined up quite politely behind a horse.

क्रसिङमा रेल गुड्ने प्रतिक्षा गर्दै। मनिसहरु एउटा घोडाको पछि शान्त शालीन भएर लाइनमा उभिदै।

लेवल क्रसिङ गेट खुल्ने प्रतिक्षामा बसेको समयमा केहीलाई आफू वरपर नजिकबाट हेर्ने अवसर मिल्दछ।

Waiting for the train, I see a cat appear by my side…

रेलको प्रतिक्षामा रहँदा मैले मेरो नजिकै एउटा बिरालो देख्छु……

अन्यले दैनिकिदेखि केही क्षण टाढा हुन पुस्तकलाई रोज्दछन्।

The train schedules have converged in a perfect storm and the level crossing gates haven't opened in over 15 minutes. So I'm just reading a book.

रेल तालिकाहरु एक अर्कासँग जुँधेर बर्बाद भएको छ र लेवल क्रसिङ गेट १५ मिनटभन्दा बढी समयदेखि खुलेको छैन। त्यसैले म एउटा पुस्तक पढिरहेको छु।

साथै अन्य चाँहि मनिसहरु हेर्न संलग्न हुन्छन्।

There's a train stopped near the level crossing, so the crossing gate has descended. There's an old guy passing the time by practicing karate chops on the flags of the gate.

लेवल क्रसिङ नजिकै एउटा रेल रोकियो, त्यसैले क्रसिङ गेट बन्द भएको छ। त्यहाँ एकजना बुढो मान्छे गेटको झण्डाहरुमा कराते चोप्स ( हातको प्रयोग गरेर जोडले प्रहार गर्ने कला ) को अभ्यास गरेर समय बिताउदै।

Someone is practicing her squats while waiting for the train to go by.

रेल प्रतिक्षा गर्ने क्रममा कोही खुट्टाको व्यायाम गरिरहेका छन्।

यस समान र अधिक समय लिने अवरोधलाई उपेक्षा गर्ने प्रयास धेरै जसो प्रतिक्षाभन्दा पनि बढी हैरानी हुन्छ।

The level crossing gates are down, so I thought I would take a detour. However I failed miserably and now I have scraped my toes. I guess I should just not try to climb over a wall next time.

लेवल क्रसिङ गेट बन्द छन्, त्यसैले मैले एक चक्कर लगाउने सोचें। तर म नराम्रोसँग असफल भए र अहिले मेरो खुट्टाको औंलाहरूमा घाउ भएको छ। मलाई लाग्छ अर्को पटकदेखि मैले पर्खाल माथि चढ्ने प्रयास गर्नु हुँदैन।

Usually whenever I have to wait at this level crossing, I try taking a detour along a slightly longer route. And I get lost every time.

प्राय जब यस लेवल क्रसिङमा पर्खनु पर्ने हुन्छ, म अलि लामो बाटो भएर चक्कर लगाउने प्रयास गर्छु। अनि म हरेक पटक बाटो भुल्छु।

कहिलेकाहीं मानिसहरू संयोगले दुर्लभ रेल भेट्छन्:

Wow, it's the Red Rapide (at the level crossing near my house)! I was planning to go into town and I realized I forgot my phone… And by chance I saw this train!

वाह,यो रेड रेपिड ( मेरो घर नजिकैको लेवल क्रसिङमा ) हो ! म शहर जाने योजना बनाइरहेको थिएँ र मैले मेरो फोन बिर्सेंको सम्झे….. अनि संयोगवश मैले यो रेल देखें।

केही मानिसहरूलाई आफ्ना वरिपरिका सौन्दर्य नियाल्ने अवसर मिल्छ।

It's morning, I'm waiting at the crossing and I discover this cute paw print.

अहिले बिहानको समय हो, म क्रसिङमा कुरिरहेको छु र मैले यो आकर्षक पन्जाको छाप देखें।

きのうの踏切越しの虹。

A photo posted by @kotobano_aya on

Yesterday I saw a rainbow above the level train crossing.

हिजो मैले रेल लेवल क्रसिङमाथि इन्द्रेणी देखें।

थप ट्वीट ( जापानिजमा )  यहाँ  पढ्न सकिन्छ।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.