- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

दुई कजाख खेलाडीहरूबीचको केज फाइटमा भाइचारा प्रतिबन्धित

श्रेणी : मध्य एशिया र काकेशस, काजाकिस्तान, अन्तर्राष्ट्रिय सम्बन्ध, खेल, नागरिक मिडिया
Screenshot of the Mixed Martial Arts fight in Shanghai between Aibek Nurseit and ethnic Kazakh Gabit Turganbek from a video uploaded by QAIMAQ TV.

शंघाईमा एईबेक नुर्सेत र सजातीय कजाख ग्याबिट तुर्गान्बेकबीच भएको मिश्रित मार्शल आर्ट्सको स्क्रीनशट, QAIMAQ TV द्वारा अपलोड गरिएको भिडियो ।

शंघाईमा आफ्नै नागरिकहरुमध्ये एक र चीनका सजातीय खेलाडीबीच अनौठो मिश्रित मार्शल आर्ट्स (एमएमए) केज फाइट (पिंजडा कुस्ती) वास्तविक लडाइ नभएर बहानामात्र गरेको देखिएपछि पारस्परिक अयोग्यतामा खेल समाप्त भएको बारेमा कजाख सामाजिक मिडिया नेटवर्कहरूमा छलफल भइरहेको छ।

RFE/RL र थुप्रै स्थानीय कजाख समाचार वेबसाइटहरूको जानकारी अनुसार दुई कजाख खेलाडीहरूले एक अर्कालाई हानी पुर्याउन नचाहनु नै यसको कारण थियो।

घातक नी (घुँडाको प्रहार), किक र मुक्काको संयोजन हुनु यस खेलको विशेषता हो र प्रख्यात हुनुको कारण पनि हो तर यस खेलमा पूर्णरूपले यस्तो नदेखिएर केही हल्का कुस्ती मात्रै देखिएको र प्रष्ट रूपमा भाईचारा झल्किएकोले स्वभाविकरूपमा निर्णायकहरू प्रभावित भएनन् र सो जोडी खेलाडीलाई नै अयोग्य घोषणा गरे।

कुस्तीको भिडियो तल देखाइएको छ:

फाइटर खेलाडीहरू मध्ये एक एईबेक नुर्सेतले RFE/RL लाई यस्तो भने [1]:

Gabit [Turganbek] and I, we both made it to the finals. I had beaten a French fighter and Gabit beat a Ukrainian guy. We never agreed beforehand that we wouldn't hit each other. [But] when I entered the ring and the fight started, I felt immediately like Gabit was avoiding hitting me. I understood that he didn't want to fight with me, and I couldn't raise my hand against another Kazakh either.

ग्याबिट (तुर्गान्बेक) र म, हामी दुवै फाइनलमा प्रवेश गर्यौं, मैले फ्रेन्च फाइटरलाई हराएको थिएं भने ग्याबिटले युक्रेनीलाई हराए। हामी एक अर्कालाई नहिर्काउने कुरामा पहिले नै कहिल्यै सहमत थिएनौं। तर जब म रिङ्गमा प्रवेश गरें र कुस्ती शुरू भयो, मैले तुरुन्तै महसूस गरें ग्याबिट मलाई कुट्न बेवास्ता गरिरहेको थियो। मैले बुझें कि ऊ मसँग कुस्ती खेल्न चाहंदैन थियो, र मैले पनि अर्को कजाखविरुद्ध हात उठाउन सकिंन।

RFE/RL को थप रिपोर्ट:

Nurseit said a large sum of money and a championship title were at stake, but he didn't want to win them by beating a fellow Kazakh.

“I met Gabit after the fight at the banquet. We shook hands and that was it,” he said.

नुर्सेतले भने ठूलो राशिको मुद्रा र एक च्याम्पियनशिप उपाधि दाउमा थियो, तर उनी एक कजाख साथीलाई हराएर यी सबै जित्न चाहंदैन थिए।

“कुस्तीपछि भोजमा मैले ग्याबिटलाई भेटें। हामीले हात मिलायौं र त्यतिमात्र हो,” उनले भने।

यूट्यूब कमेन्ट [2] मूल्यांकन गर्ने हो भने, सर्वसाधारण कजाखहरूले खेलाडीहरूको यस कदमको प्रशंसा गरेका थिए:

рахмет жигиттер , керемет! Жаса қазағым

धेरै धन्यवाद युवा केटाहरू, राम्रो काम। तिमीहरूले हामीलाई गर्वित गरायौं!

ग्याबिट तुर्गान्बेक चीनको पश्चिमी शिन्जियाङ प्रान्तका १५ लाख कजाखहरू मध्ये एक हुन् । कजाखहरू अनुमानित ८५ लाख उइघूरहरूलाई छाडेर यस प्रान्तमा बसोबास गर्ने सबैभन्दा धेरै जनसंख्या भएको मध्य एशियाली अल्पसंख्यक हुन् जबकि किरगिज़, उज़बेक र ताजिकहरू पनि यसै क्षेत्रमा बस्दछन्।

राज्यको करिब पाँचौ स्थानको जनसंख्या भएको सजातीय रुसीसँगै पूर्व सोभियत कजाकिस्तानको जनसंख्याको ६५% भन्दा बढी सजातीय कजाखहरू रहेका छन्।