- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

जापान र त्यहाँका चेरी फुलेका अति मनोरम दृश्य

श्रेणी : पूर्व एशिया, जापान, Good News, नागरिक मिडिया, फोटोग्राफी, वातावरण
Cherry blossom viewing in Japan

फुकुइको सुरुगामा अवस्थित कानेगासाकी पवित्र स्थलमा चेरी फुलेको जगमगाहट। नेभिन थम्पसनले खिंचेको तस्वीर।

मार्चको अन्त्य र अप्रिलको शुरुवात जापानको धेरै जसो भागमा चेरी फुल्ने समय हो।

जापानी नयाँ वर्षको वास्तविक शुरुवात, मार्चको अन्त्य र अप्रिलको शुरुमा चेरी फुल्ने अपेक्षा गरिन्छ।

A photo posted by しぃ 。 (@shiinyanko77) [1] on

 

नयाँ विद्यालय वर्ष अप्रिलमा शुरु हुन्छ र त्यसबेला कर्मचारीहरूले सामान्यतया उनीहरूको काम शुरु गर्छन्। फुलेका चेरीहरूले सबैलाई नयाँ वर्षमा स्वागत गरेको मानिन्छ। हालसालै, जलवायू परिवर्तनका कारण, चेरी एक वा दुई हप्ता अगावै फुलेका छन्।

This is #Yoshino #吉野 in NARA [2]

A photo posted by JapanGram 🇯🇵 いいね!ニッポン。 (@this_is_japan) on

 

सन् २०१६ मा मौसम र चेरीले एक अर्कालाई साथ दिएका छन्। केही दिनका लागि सबैले आफ्ना काम छाडेर, भुइँमा निलो त्रिपाल ओछ्याई खाँदा, पिउँदा चेरी फुलेको मज्जा लिन्छन् र सके जति गाउँछन्।

दक्षिणी नारा प्रान्तको योशिनो [3] जापानकै सबभन्दा प्रख्यात चेरी फुलेको हेर्ने स्थानहरूमध्ये एक हो।

A photo posted by Asuka(明日香) (@_asuka_asuka_) [4] on

पहाडका तल र माथि चेरीका फूलले ढकमक्क ढाकेका रूखहरूको बगानले ती स्थानलाई रमणीय बनाउँछन्।

A photo posted by @mao_saori [5] on

योशिनोका विभिन्न उंचाइमा रहेका बगानहरूमा विभिन्न प्रजातिका चेरी रोपिएका छन्। यसले गर्दा वसन्त ऋतुको विभिन्न समयमा ती रूखहरूमा फूल फुल्छन्।

#yoshinoyama #吉野山 😍🌸 [6]

A photo posted by Lena 🍫🍰🍮🍵 (@lleffox) on

जापानका धेरै जसो भागमा मार्च र अप्रिलमा चेरी फुल्छन् भने चिसो मौसम भएको उत्तरपूर्वी जापानका प्रान्त र क्षेत्रहरूमा अप्रिलको अन्त्यसम्म पनि फुल्न शुरु गर्दैनन्।

क्योटोबाट दुई घण्टाको दुरीमा रहेको माझीहरू बस्ने सानो शहर ओबामा [7]नेर प्रख्यात “रुने” चेरीको रूख [8] छ।

A photo posted by Masato Kawakatsu (@masattoh) [9] on

जापान सीको किनारमा रहेको फुकुइ शहर [10]को मध्यमा अवस्थित किल्लामा पंक्तिबद्ध फुलेका चेरीका रूखहरूमा रात्रीको समयमा बत्ती बालिन्छ।

A photo posted by tkeuchi_ryoutarou (@riyo_take) [11] on

टोक्योको युएनो पार्क [12] पूरै जापानमा नभए पनि शायद टोक्योको सबैभन्दा लोकप्रिय चेरी फुलेको हेर्ने क्षेत्र हो। प्रत्येक वसन्त ऋतुमा लाखौं मानिस चेरी फुलेको हेर्न युएनो पार्क आउँछन्। 

A photo posted by yuka (@yuka_tokyoadvisor) [13] on

परिवार र साथीभाइका समूह भुंइमा निलो त्रिपाल ओछ्याउँछन् र खान्छन्, पिउँछन् अनि साधारणतया चेरी फुलेका रूखमुनि आराम गर्छन्। धेरै कम्पनीहरूले चेरी फुलेको हेर्न भ्रमणको आयोजना गर्छन्।

A photo posted by viachesiva (@viachesiva) [14] on

यस बेला मौसम साधारणतया अलिक चिसै हुन्छ। वर्षा भएको खण्डमा पानीले फूलका पंखुडी बगाई लाने हुनाले चेरी फुल्ने समयको चाडै अन्त्य हुन्छ।  तर सुन्दर मौसम नजिकै पर्खीबसेको हुन्छ।

A photo posted by Ichina Kurita (@ichina.k) [15] on

The Asuwa River in Fukui City.

फुकुइ शहरको असुवा नदी।

केही दिनसम्म मात्र रहने भए पनि धेरै जापानीहरूका लागि चेरी फुल्ने अवधि वर्षभरिकै सबभन्दा प्रिय समय हो। सबैजना र सबै चीजले यो छोटो अवधिमा ध्यान केन्द्रित गरेका हुन्छन्।

A photo posted by @xiaoqiume [16] on