नेटिजेन रिपोर्ट : ह्वाट्स्एप् डाटा प्रहरीलाई दिन अस्विकार गरेका फेसबूक उपाध्यक्ष ब्राजिलमा पक्राउ

फ्लिकर प्रयोगकर्ता यान पर्सिएलद्वारा सेप्टेम्बर २२, २०१३ मा अपलोड गरिएको तस्वीर। CC BY-SA 2.0

ग्लोबल भ्वाइसेज एड्भोकेसीको नेटिजेन रिपोर्टले संसारभरिका इन्टरनेट अधिकारसम्बद्ध चुनौती, उपलब्धि र आउने प्रवृत्तिहरूको अन्तर्राष्ट्रिय स्न्यापशट प्रदान गर्दछ।

लागूऔषध ओसारपसारसम्बन्धी एक अपराधिक छानबिनका लागि कानूनी निकायलाई ह्वाट्स्एप् डाटा दिन अस्विकार गरेका ल्याटिन अमेरिका फेसबुकका उपाध्यक्ष डिएगो जोडानलाई ब्राजिलियन प्रहरीले पक्राउ गरेको थियो । यस कदमले यस कम्पनी र ब्राजिलियन निकायहरूबीच चलिरहेको द्वन्द्व चर्केको छ। एक अपराधिक मामिलामा प्रयोग भएको डाटा सुम्पन त्यसै गरी अस्विकार गर्दा ब्राजिलमा एक न्यायधीशद्वारा ह्वाट्स्एप् डिसेम्बर महिनामा ४८ घण्टाका लागि निलम्बन गरिएको थियो । मार्च २ मा एक उच्च न्यायधीशद्वाराले  बयान जारी गरी कैदको त्यस पराकाष्ठालाई “हतारमा गरिएको” निर्णयको संज्ञा दिंदै जोडानलाई फुकुवा गर्न थालिएको थियो।

यसैबीच, बोलिभियाई राष्ट्रपति इभो मोरालेस सामाजिक सञ्जालमा गलत सूचनाको प्रवाहले सरकार गिराउन सक्छ भन्नेमा विश्वास गर्नु हुन्छ, त्यसैले उहाँले सामाजिक सञ्जालहरुलाई व्यवस्थित गर्न प्रस्ताव गर्नु भयो। हालै भएको जनमत संग्रहमा संविधान संशोधनद्वारा पुन निर्वाचन  गर्न सकिन्छ कि भनिएकोमा सामाजिक संचारमा भएको बहसका कारणनै मतदाताहरुको निर्णय प्रभावित भएको दावा गर्दै सामाजिक सञ्जालहरुले नयाँ पुस्ताहरुलाई बर्बाद गरिरहेको मोरालेसले व्यक्त गर्नु भयो

चीनको साइबरस्पेस प्रशासनद्वारा “नकारात्मक प्रभावका साथ अवैध सन्देशहरू” फैलाएको आरोप लागेका आरोपित रियल इस्टेट टाइकून रेन जिकियाङको एकाउन्ट बन्द गर्न सिना र टेन्सेन्टलाई आदेश दिए। राज्य-सम्बद्ध संचार माध्यमहरुले कम्युनिस्ट पार्टीको सेवा गर्नुपर्छ भन्ने चिनियाँ राष्ट्रपति शी जिन्पिङको दृष्टिकोणमाथि प्रश्न उठाउँदै टिप्पणी गरे बापत रेनलाई सजाय भइरहेको धेरैले विश्वाश गर्छन्। सो कदमलाई पछ्याउँदै धेरै सेलिब्रिटी ब्लगरहरूले “जनतामा भ्रम फैलाएको” अथवा “नियमहरु उल्लङ्घन” गरेको भन्दै साइबरस्पेस प्रशासनद्वारा उनीहरूको एकाउन्ट सहित थप ५८० सोसल मिडिया एकाउन्ट पनि बन्द गरिएको थियो।

फेसबूक: प्रवासीहरु विरुद्ध प्रयोग हुने अभद्र भाषा सहन गरिने छैन

फेसबूक सीईओ मार्क जुकरबर्गले बर्लिन सहरको टाउन हलमा विद्यार्थीहरूको समूहलाई सम्बोधन गर्दै प्रवासीहरु विरुद्ध अभद्र भाषा प्रयोग गर्नेहरूलाई कडा कार्वाही गर्न फेसबूकले यसका उपायहरु सुधार गर्न आवश्यक छ भन्नु भयो। यस कम्पनीले प्रभावकारी रूपमा यौन चित्रणमाथि नियन्त्रण गर्ने तर जातिभेदवादी र आप्रवास विरोधी पोष्टहरु नियन्त्रण गर्न असफल भएकोले जर्मन न्याय मन्त्रालयले आलोचना गरेको छ। फेसबूकमा यस प्रकारको सामग्रीको लागि कुनै ठाउँ नभएको र जर्मन कानुन तथा संस्कृतिले अभद्र भाषा र यस प्रतिको दृष्टिकोण परिवर्तन गर्न डोर्याएको जुकरबर्गले बताउनु भयो।

घटिया डिजाइन वा डिजाइनद्वारा निगरानी ?

चिनियाँ इन्टरनेट कम्पनी बाइडुद्वारा उत्पादित कोड मार्फत सञ्चालित हजारौं संख्याको एप्सबाट प्रयोगकर्ताहरूको व्यक्तिगत डाटा कम्पनीसम्म सङ्कलन र स्थानान्तरण हुन्छ जुन धेरैजसो असुरक्षित तवरले भएको अनुसन्धानकर्ताहरूले सिटिजन ल्याबमा पाए। सिटिजन ल्याब निर्देशक रोन डेबर्टले यसलाई “या त घटिया डिजाइन वा डिजाइनद्वारा यसको निगरानी” भन्ने संज्ञा दिनु भयो।

हङकङ नेताको फेसबूक पेजमा आक्रोशित इमोजीहरूको बाढी 

फेसबूकको नयाँ फिचर “रियाक्शनस्” (प्रतिक्रियाहरु)मा छिट्टै नै अनुकूलित हुँदै हङकङबासीहरुले उनीहरुका कार्यकारी प्रमुख लिउङ चुन-यिंगको फेसबूक पेजमा “क्रोधित” इमोजीको बाढी प्रवाह गरेका छन्। एउटा पोष्ट प्रकाशन भएको एक घण्टा भित्र लिउङको पेजमा ५४,००० भन्दा बढी क्रोधित इमोजीहरुको बाढी प्रवाह भएको थियो। यसले “लाइक” फंक्शन मात्र हुदाँको सीमितता देखाउँछ। अहिलेसम्म सकारात्मक टिप्पणीहरु र लाइक मात्रै रहेका कार्यकारी प्रमुख लिउङको पेजमा नयाँ इमोटिकॉन्सले (जसलाई पेज मालिकले संचालन तथा नियन्त्रण गर्न सक्दैन) उहाँको प्रसिद्धिको नकारात्मक प्रकृति उदाङ्गो भएको हङकङ फ्री प्रेसले जनाएको छ।

यो रिपोर्ट तयार गर्न मारीयान डियाज, वेईपिङ ली, हे-इन लिम र सारा मायर्स वेस्टले योगदान गरेका छन्।

ईमेलद्वारा नेटिजेन रिपोर्ट प्राप्त गर्नुहोस्।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.