कसरी एक स्थानीय पत्रिकाले भारतमा ग्रामीण महिलाहरूलाई आफ्ना समुदायबारे लेख्न सशक्तीकरण गर्दैछ

3-hindi

पत्रिका पाठकहरू । फोटो साभार : यशास चन्द्र ।

भारतको विपन्न ग्रामीण क्षेत्रका महिलाहरूको आवाजलाई तपाईँ कसरी उजागर गर्नुहुन्छ ?  अति विपन्नहरूका लागि सामुदायिक पत्रिकाबाट शुरू गर्नु जाती हुनेछ ।

खबर लहरिया भारतको उत्तर प्रदेश र विहार राज्यमा स्थानीय भाषाहरू अवधि, बज्जिका, भोजपुरीबुन्देलीमा प्रकाशित हुने महिलाहरूद्वारा सञ्चालित ग्रामीण साप्ताहिक पत्रिका हो । उक्त पत्रिका ६०० गाउँहरूका ८०,००० पाठकहरूबीच वितरण हुनेगर्छ ।

सामान्यतया मिडियाको ध्यान नजाने ग्रामीण समुदायहरूलाई असर पारिराखेका अन्याय र भष्ट्राचारजस्ता समाचारहरू रिपोटिङ् गर्देआएको यो पत्रिकाले आफूलाई एक “स्थानीय पहरेदार” र “कमजोरहरूका लागि एक अस्त्र”को रूपमा व्याख्या गर्ने गर्छ । सन् २००२ मा शुरू भएको खबर लहरिया सन् २०१३ को फेब्रुअरी [२०६९ माघ/फागुन] मा अनलाइनमा पनि उपलब्ध हुनथाल्यो ।

हरेक वर्ष अन्तर्राष्ट्रिय प्रसारक डोयच भेलले गएको १२ महिनामा प्रकाशित सर्वोत्कृष्ट ब्लगहरूको छनौट गर्न प्रतिस्पर्धा सञ्चालन गर्छ– यो वर्ष खबर लहरियाले ग्लोबल मेडिया फोरम अवार्ड जित्यो । छनौट समितिका सदस्य तथा ब्लगर रोहिनी लक्क्षाणेले उक्त पत्रिकालाई “सबै मानिसहरूको लागि सूचनाको पहुँचमा निर्भर एक क्रियाशील लोकतन्त्रको शानदार उदाहरण” भनेकी छिन् ।

उनीहरूको कथा थप जान्न हामीले खबर लहरियाका सम्पादन संयोजक पूर्वी भार्गवसँग कुराकानी गरेका थियौं ।

Rural Indian reading holding KL newspaper. Photo Credit Yashas Chandra

खबर लहरिया पत्रिकाका ग्रामीण भारतका पाठक । फोटो साभार: यशास चन्द्र ।

राइजिङ् भ्वाइस (आरभी): तपाईंहरूले किन खबर लहरिया भन्ने नाम जसको अर्थ हुन्छ “समाचार तरङ्ग” रोज्नुभयो ?

Poori Bhargava (PB): Most of what Khabar Lahariya is, even the name, comes from the women reporters. Actually, the name came from a collective exercise when the founding members sat with the first group of women reporters back in 2002. It was the women reporters from the villages who wanted to give it a name that would strike a familiarity with the readers, was easy, and meant something to them

पूर्वी भार्गव (पूभा): खबर लहरियाको नामदेखि आज यो जे छ त्यो धेरैजसो महिला रिपोर्टरहरूबाट आएका छन् । वास्तवमा भन्नुपर्दा यसको नाम सन् २००२ मा यसको संस्थापक सदस्यहरू ती महिला रिपोर्टरको पहिलो समूहसँग कुराकानी गर्दैगर्दा सो सामूहिक कसरतबाट निक्लेको हो । गाउँका ती महिला रिपोर्टरहरू यसको न्वारन यसरी गर्न चाहन्थे कि जुन नाम पाठकहरूबीच परिचित, सजिलो र उनीहरूलाई अर्थपूर्ण लाग्ने होस् ।

आरभी : तपाईंको टिम के स्वयम्सेवकहरूले बनेको छ ?

PB: No, no. All of these women are full-time employees with Khabar Lahariya. For many of them, this became a source of income which they could use on their own terms, or an additional source of income which helped them improve the standard of living for themselves and their families.

पूभा: होइन, होइन । सबै ती महिलाहरू खबर लहरियाका पूर्णकालीन कर्मचारीहरू हुन् । उनीहरूमध्ये कतिका लागि त यो आम्दानीको स्रोत नै हुन पुग्यो जुन तिनीहरू आफ्नो आवश्यकताहरूमा खर्च गर्न सक्छन् अथवा कतिका लागि यो एउटा अतिरिक्त आम्दानीको स्रोत बन्यो जसले उनीहरू स्वयंको साथै उनीहरूको परिवारको जीवनस्तर सुधार गर्न मद्दत पुर्यायो ।

आरभी : तपाईँको टिममा कोही पुरुषहरू पनि छन् कि ?

PB: No, we don't.

पूभा: अँह, छैनन् ।

आरभी : तपाईँहरू कतिजनाले यो परियोजना संचालन गर्नुहुन्छ ? 

PB: It started out as a space that women had made for themselves, and so it has stayed that way. It all happened in a context where determining spaces and dynamics for themselves was very important for women. And yes, 40 women spread over 2 states, all of them rural, mostly from marginalized communities.

पूभा: यो महिलाहरूले आफ्ना लागि निर्माण गरेको स्थान वा क्षेत्र (स्पेस) बाट शुरु भयो र यो यस्तैरूपमा रहनगएको छ । यी सबै एउटा प्रसङ्ग वा सन्दर्भमा हुनगए जहाँ आफ्नै लागि स्थान र गतिशिलताहरू निर्धारण गर्नु महिलाहरूका लागि ज्यादै महत्वपूर्ण थियो । अँ साँची, २ वटाभन्दा बढी राज्यहरूबाट ४० जना महिलाहरू छन्, जो सबै ग्रामीण र अधिकांश सीमान्तकृत समुदायहरूबाट आएका छन् ।

Khabar Lahariya Team : The 40 ladies. Photo Credit: Poorvi Bhargava

खबर लहरिया टिमका ती ४० महिलाहरू । फोटो साभार : पूर्वी भार्गव ।

आरभी : ती केही सहभागीहरू शुरुमा पढ्नलेख्न मुस्किलले सक्दथे र उनीहरू अहिले व्यवसायिक (प्रोफेसनल) रिपोर्टर छन् । के यो एक जटिल प्रक्रिया थियो ?

PB: […] The women came from different educational backgrounds. Some were neoliterates [with basic literacy] who had not had formal education, but then there were others who were enrolled in educational programmes. It was an interesting experience, a learning experience for all of us as well, because there were many things we could learn from them […]

पूभा: […] यी महिलाहरू विभिन्न शैक्षिक पृष्ठभूमिहरूबाट आएका थिए । केही नवसाक्षर (आधारभूत साक्षरता भएका) थिए जससँग औपचारिक शिक्षा थिएन तर त्यहाँ कोही शैक्षिक कार्यक्रमहरूमा भर्ना भएका पनि थिए । यो एक रोचक अनुभव थियो, हामीहरू सबैका लागि सिकाइ सँगाल्ने बेला पनि थियो किनकि उनीहरूबाट सिक्ने त्यहाँ थुप्रै चीजहरू थिए […]

आरभी : तपाईँसँग ग्रामीण क्षेत्रका र सायद कम साक्षरता भएका पाठकहरूका लागि कुनै विशेष शैली छ ? कसरी उनीहरूकहाँ पुग्नुभएको छ ?

PB: The style of Khabar Lahariya is not difficult, but is different. Each of the six editions comes out in the local language of the area (some people call them “dialects” but we prefer to stick with “languages”). Many of these languages aren't used to produce written material anymore, so [the language printed in the newspapers] is something that the indigenous people of that area speak and are familiar with, something the reporters speak in all the time, and it preserves languages that would otherwise fade away. Since the language is easy and the newspaper is designed differently from mainstream newspapers (bigger fonts, easy words, conceptual definitions for complex issues), it makes it a good read for rural poor populations who might not have gone to school for very long.

पूभा: खबर लहरियाको शैली कठिन छैन तर भिन्न भने छ । सबै छ अङ्क त्यस क्षेत्रको स्थानीय भाषाहरू (केही मानिसहरू यिनलाई “क्षेत्रीय भाषिका” वा डायलेक्ट भन्छन् तर हामीहरू “भाषा” शब्दावलीमा अडिग छौँ ) मा निक्लिन्छन् । कतिपय यी भाषाहरूमा लिखित सामग्रीहरू प्रकाशित गरिएको थिएन । त्यसैले (पत्रिकाहरूमा प्रकाशित भएको भाषा) रैथाने मानिसहरूले बोल्ने भाषासँग चिरपरिचित थियो, जुन रिपोर्टरहरूले दिनदिनै सधैँ बोल्ने खालको थियो र जसले भाषाहरूको जगेर्ना गर्दछ अन्यथा जुन बिलाउन सक्थ्यो । सजिलो भाषा र मूलप्रवाहका पत्रिकाहरूभन्दा यो भिन्न प्रकारले डिजाइन (ठूल्ठूला अक्षर, सजिला शब्दहरू, जटिल सवालहरूका अवधारणात्मक परिभाषाहरू) गरिएको हुँदा, यसले ग्रामीण बासिन्दाहरू जो विद्यालय सायद लामो समयसम्म गएनन्, उनीहरूका लागि पठनीय बनाउँछ ।

Distributing the newspaper. Photo Credit Khabar Lahariya

पत्रिका वितरण गर्दै । फोटो साभार : खबर लहरिया ।

आरभी : गत वर्ष अनलाइन प्रकाशित गर्ने कदमको बारेमा अलिकति केही भनिदिनुहुन्छ कि ?

PB: In 2012 we got a grant from the United Nations Democratic Fund for two years. This was also the period when Khabar Lahariya expanded from three [linguistic] editions to six. A website, and putting Khabar Lahariya's content [online] was part of the activities that UNDEF funded. We were also very keen on making an online presence in this day and age when we see many people (specially the youth) accessing the Internet on their phones, even in the villages where we work.

We also wanted the reporters to have ownership of the online edition as much as they have of the print edition, so we started trainings with a group of the reporters on understanding the Internet beyond just email and Google […] Currently we're trying to build a readership for the website (both rural and in the outside world). For the first time these languages (Bundeli, Awadhi) have found space on the Internet and English translations have put the areas we work in and their issues out there, for everyone to read.

पूभा: सन् २०१२ मा संयुक्त राष्ट्रसंघ डेमोक्रेटिक फण्डबाट दुई वर्षका लागि अनुदान पायौँ । यो त्यो अवधि पनि हो जुनबेला खबर लहरिया तीनवटा [भाषिक] संस्करणबाट ६ वटामा पुग्यो । वेबसाइट र खबर लहरियाका सामग्रीहरू अनलाइनमा राख्ने क्रियाकलापहरूका लागि सो कोषको आर्थिक सहायता थियो । हामीहरू पनि आजभोलिको जमानामा अनाइन बनाउन चाहन्थ्यौँ किनकि हामी जहाँ काम गर्दछौँ ती गाउँहरूमा समेत हामी थुप्रै मानिसहरू (विशेषगरी युवावर्ग) आफ्नो फोनमा इन्टरनेट चलाइराखेका देख्छौं ।

मुद्रण संस्करणको जत्तिकै अनलाइन संस्करणमा पनि रिपोर्टरहरूको अपनत्व भएको चाहन्थ्यौँ । त्यसैले इन्टरनेट इमेल र गूगलभन्दा अधिक हो भन्ने बुझाइका लागि हामीले रिपोर्टरहरूको एउटा समूहसँग तालिमहरू शुरु गर्यौं । […] । हाल हामी वेबसाइटको पाठकहरू (ग्रामीण र बाहिरी दुनियाँका दुवै) निर्माण गर्ने कोसिस गर्दैछौँ । यी भाषाहरू (बुन्देली, अवधि) ले पहिलो चोटि इन्टरनेटमा ठाउँ पाएका छन् र अंग्रजी अनुवादहरूले हाम्रो कार्य क्षेत्र र त्यहाँका मुद्दालाई सबै समक्ष पढ्नका लागि प्रस्तुत गरेका छन्।

Khabar Lahariya. Photo Credit Yashbas Chandra.

खबर लहरिया । फोटो साभार : यशास चन्द्र

आरभी : खबर लहरियाको सन्दर्भमा प्रविधि र महिला सशक्तीकरणको बारेमा तपाईँ छोटकारीमा के भन्न सक्नुहुन्छ ?

Reading Khabar Laharia. Photo Credit Khabar Laharia.

खबर लहरिया पढ्दै । फोटो साभार : खबर लहरिया ।

PB: In many ways, technology is one other thing (much like public spaces) to which access has been limited for women. If journalism was a non-stereotypical profession to bring women into, so is access to technology.

Technology has become an important instrument for accessing information, which in turn has a direct impact on knowledge and in claiming rights. As a result, technology in the hands of women is for us directly related to their empowerment. Even in Khabar Laharia's context, we have seen how at first, in the initial years, it was a challenge to bring women into the public sphere as journalists, where women were asking the questions and demanding answers.

The Internet today […] is another such public sphere which needs to be populated with women's voices.

That is what Khabar Lahariya is trying to do – putting the information out there and helping more and more women access it.

पूभा: धेरै हिसाबले प्रविधि अर्को एउटा वस्तु (सार्वजनिक क्षेत्र/स्पेस जस्तै) हो जसमा महिलाहरूको पहुँचलाई सीमित पारिएको छ । यदि महिलाहरूलाई बाहिर ल्याउन पत्रकारिता एक गैर-रुढिवादीपूर्ण भेदभावबिनाको पेशा हो भने प्रविधिको पहुँच पनि त्यस्तै किसिमको हो ।

सूचनाहरू प्राप्त गर्न प्रविधि एक महत्वपूर्ण साधन बनेको छ जसको ज्ञान हासिल गर्न र अधिकारहरू माग गर्नमा प्रत्यक्ष प्रभाव हुन्छ । परिणामस्वरुप महिलाहरूको हातमा प्रविधि जानु भनेको चाहिँ हाम्रा लागि सशक्तीकरणसँग प्रत्यक्ष सम्बन्धित हुनु हो । खबर लहरियाको सन्दर्भमा पनि हामीले यो देखेका छौँ कि कसरी शुरुमा, शुरुवाती वर्षहरूमा, महिलाहरूलाई सार्वजनिक क्षेत्रमा पत्रकारका रुपमा ल्याउन चुनौतीपूर्ण थियो, जहाँ महिलाहरू प्रश्नहरू सोधिरहेका र उत्तरहरूको माग गरिरहेका हुन्थे।

आजको जमानामा इन्टरनेट […] एउटा अर्को सार्वजनिक क्षेत्र हो जुन महिलाहरूको आवाजले आबादी गर्न आवश्यक छ ।

खबर लहरियाले गर्न कोसिस गरिरहेको यिनै कुराहरू हुन् – सूचनाहरू बाहिर ल्याउने र अधिकभन्दा अधिक महिलाहरूलाई त्यो प्राप्त र उपयोग गर्न सहयोग गर्ने ।

तपाईँ खबर लहरियाका ताजा समाचार अनलाइनमा पछ्याउन सक्नुहुन्छ र फेसबूक र ट्वीटर  @KabarLahariya मा उनीहरुका कामबारे अद्यावधिक रहन सक्नुहुन्छ । सबै तस्वीरहरू खबर लहरियाको अनुमतिमा प्रकाशित गरिएका हुन् । 

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.