
“#EgyptAir इजिप्टएअर अपरहणकर्तासँग विष्फोटक पदार्थ छ…. उनले कसरी त्यसलाई विमानमा लगे? तथापि यो नभुल्नुस् कि…” @Andy_Wirral ट्वीट गर्छन् साथै माथिको फोटो सेयर गर्छन्
अलेक्जेण्ड्रीयाबाट काइरो जाँदै गरेको इजिप्टएअरको पाइलटलाई विमान मोडेर साइप्रसको लार्नाकामा आकस्मिक अवतरण गर्न बाध्य पार्ने अपरहणकर्तासँगको सात घण्टे गतिरोधको अन्त्य भएको छ र सबै यात्री रिहा गराइएका छन्। उनले विष्फोटक बेल्ट लगाएको दावी गरेका थिए।
चलक दल समेत ८१ यात्री सवार फ्लाइट एमएस१८१ मा भएको उक्त घटनामा कोही घाइते भएनन्। इजिप्टएअरका अनुसारः
Official sources at EGYPTAIR declared the release of all the hostages and the arrest of the hijacker. #EgyptAir
— EGYPTAIR (@EGYPTAIR) March 29, 2016
इजिप्टएअरको आधिकारिक श्रोतले सबै बन्धक रिहा भएको र अपरहणकर्ता पक्राउ परेको घोषणा गर्यो।
पछि आएर एकल अपहरणकर्ता मिस्र निवासी सइफ एल्दिन मुस्तफा भएको पहिचान भयोे तर उनले साइप्रस निवासी आफ्नीे पूर्व पत्नीसँग सम्पर्क गर्न चाहेको अथवा मिस्री महिला कैदीहरूको रिहाइका लागि हुनसक्ने अनुमान छ। उनले विष्फोटक बेल्ट पनि लगाएका थिएनन्। उनको मनसायको विस्तृत विवरण स्पष्ट नभए पनि नेटिजनहरू यो घटना कुनै आतंकवादसँग, विशेष गरी मुस्लिमहरूसँग नजोडिएकोमा ढुक्क भएका छन् ।
यस ड्रामाको शुरुवातमा निकायहरूले अर्कै व्यक्तिले विमान अपहरण गरेको दाबी गरे। यसले गर्दा त्यस व्यक्तिको राष्ट्रियता र मनसायबारे विभिन्न अनुमान लगाइयो।
सिरियाली ब्लगर एस रिफाइ यस दोधारका बारे ट्वीट गर्छन्:
“Please don't be Syrian”
“please don't be Lebanese”
“Pls Pls don't be Palestinian”
My FB right now #EgyptAir
— S. Rifai (@THE_47th) March 29, 2016
कृपया सिरियाली नहोऊ
कृपया लेबनानी नहोऊ
कृपया प्यालेष्टाइनी नहोऊ
मेरो फेसबूकमा अहिले #EgyptAir
धेरै जना अपहरणकर्ता आफ्नो देशको नभएकोमा ढुक्क भएका छन् भने झन धेरै व्यक्ति यो घटना आतंकवाद र इस्लामसँग नजोडिएकोमा खुशी छन्। अधिकारीहरूले अपहरणकर्ता मानसिक रुपमा असन्तुलित झै देखिएको र आतंकवादको आशंका नरहेको जनाए।
ओमार इमरान यस घोषणालाई “ऐतिहासिक” बताउँछन्:
Wow Something Historic just happened. The Egyptian Hijacker has been declared as “mentally unstable” rather than a “Muslim terrorist” #First
— عُمر (@OmarImranTweets) March 29, 2016
वाउ भर्खरै कुनै ऐतिहासिक कुरा भएको छ। मिस्र निवासी अपहरणकर्तालाई “मानसिक असन्तुलन भएको” घोषणा गरिएको छ, न कि “मुस्लिम आतंकवादी”#First
र फोटोपत्रकार प्याट्रिक बाज हर्षित मुद्रामा ट्वीट गर्छन्:
We can finally celebrate the first Arab Muslim hijacker who is not declared a terrorist but a psychologically unstable person. 🙂 #EgyptAir
— patrickbaz (@Patrick_Baz) March 29, 2016
अन्त्यमा हामी खुशी मनाउन सक्छौं कि यो पहिलो अरब मुस्लिम अपहरणकर्ता हो जसलाई आतंकवादी नभई दिमागी सन्तुलन नभएको व्यक्ति घोषणा गरिएको छ। 🙂 #EgyptAir
तर पनि इस्लामप्रति केही प्रहार भएका छन्। मोहमद अलअराइमी अचम्म मान्छन्:
How come every time an ignorant person do something so radical the first thing you blame is islam? #egyptair https://t.co/Avq0BYnAWT
— Mohamed (@ALaraimi92) March 29, 2016
किन हरेक पल्ट कुनै अबोध व्यक्तिले केही अतिवादी कार्य गर्दा सबभन्दा पहिले इस्लामलाई दोष दिइन्छ?#egyptair
र पत्रकार मोहमद एल दहशन न्याय भएको अझै हेर्न चाहन्छन्। उनी ट्वीट गर्छन्:
Now, seriously though: “not terrorism”?? I hope he gets the maximum possible penalty. He hijacked a goddamn plane. #Egyptair
— Mohamed El Dahshan (@eldahshan) March 29, 2016
अब, गम्भीरतापूर्वक सोचौं: आतंकवाद हैन?? म आशा गर्छु उसले सकेसम्म धेरै दण्ड पाओस्। उसले विमान पो अपहरण गरेको हो त। #Egyptair