
भान गगको शैलीमा बनाइएको साइ–फाइ यूफओको परिदृश्य। ओस्टाग्राम डट आरयूबाट लिइएको तस्वीर।
भान गगका पेन्टिङ्गमा प्रयोग भएका ब्रशका घुमाउरो स्ट्रोकहरू आफ्ना फोटोहरूमा थप्न चाहनुहुन्छ? अब तपाईले यसो गर्न सक्नुहुन्छ। ओस्टाग्राम नामक रसियाली परियोजनाले इन्टरनेट प्रयोगकर्ताहरूलाई फोटो र चित्रकलालाई मिसाएर गजबका तस्वीर बनाउन सघाउँछ । यी तस्वीरहरूलाई एलिस इन वन्डरल्याण्ड र साइ–फाइ स्पेस ओपेरामा राखे पनि अटाउनसक्छन्।

ओस्टाग्राम डट आरयूबाट लिइएको तस्वीर।
प्रयोगकर्ता सर्जेई मोरुगिनद्वारा सिर्जित ओस्टाग्राम परियोजनाले घुमाउरो स्नायू सञ्जालको प्रयोग गरी एउटा तस्वीरका सामग्रीलाई अर्को तस्वीरको शैलीसँग मिसाउन कम्प्यूटर एल्गोरिदमको प्रयोग गर्दछ। यसको मतलब यदि तपाईले आफ्नो कुकूरको फोटोलाई स्रोत सामग्री र मोनेको पेन्टिङ्गको स्रोत शैलीका रुपमा लिनुभयो भने तपाईले आफ्नो कुकूरको फोटोलाई मोनेको पेन्टिङ्गझै देखिने बनाउन सक्नुहुन्छ।
आर्टिफिसियल न्यूरल नेटवर्क (कृत्रिम स्नायू सञ्जाल) र ईमेज रिकग्निशन (तस्वीर पहिचान गर्नसक्ने क्षमता) मा अनुसन्धान गरिरहेका गूगलमा काम गर्ने शोधकर्ताहरूले यस संयोजन विधिलाई इन्सेप्शनिज्म नाम दिएका छन्। डीप न्यूरल नेट आर्किटेक्चर (गहिरो स्नायू सञ्जालको वास्तुकला) र इन्सेप्शन नामक फिल्मको वी नीड टू गेट डीपर (हामी गहिराईमा पुग्नसक्नुपर्छ) मेमबाट प्रेरित यो विधि सपना र यथार्थबीचको सम्बन्धको अनुमान हो।
मोरुगिनले उनको ओस्टाग्राम वेब एल्गोरिदमका लागि बनाएका कोड सबैका लागि गिटहबमा उपलब्ध गराएका छन्। उनी भन्छन्, उनको न्यूरल नेटवर्क प्रोसेसिङ्ग (स्नायू सञ्जालको प्रशोधन) र आर्ट स्टाइलिङ्ग एल्गोरिदम (कला शैली अपनाउने एल्गोरिदम) को संयोजन लियोन ग्याटिस, अलेक्जेण्डर एक्कर र माथियास बेथजे जस्ता कोडरहरूका रचनामा आधारित छ।
ओस्टाग्राम प्रयोगकर्ताहरूले बनाएका केही गजबका इन्सेप्शनिस्ट तस्वीरहरू हेर्नुहोस्, अथवा ओस्टाग्रामको वेबसाइटमा गएर रजिष्टर गर्नुहोस् र आफै यस्ता तस्वीरहरू सिर्जना गर्नुहोस्।

ओस्टाग्राम डट आरयूबाट लिइएको तस्वीर।

ओस्टाग्राम डट आरयूबाट लिइएको तस्वीर।

ओस्टाग्राम डट आरयूबाट लिइएको तस्वीर।

ओस्टाग्राम डट आरयूबाट लिइएको तस्वीर।

ओस्टाग्राम डट आरयूबाट लिइएको तस्वीर।

ओस्टाग्राम डट आरयूबाट लिइएको तस्वीर।

ओस्टाग्राम डट आरयूबाट लिइएको तस्वीर।

ओस्टाग्राम डट आरयूबाट लिइएको तस्वीर।

ओस्टाग्राम डट आरयूबाट लिइएको तस्वीर।