
एक प्रशिक्षक किसानलाई एसएमएस प्लेटफर्म कसरी प्रयोग गर्नेबारे सिकाउँदै । फोटो साभार: WeFarm.
प्रविधिमा आएको विशाल प्रगतिको बावजुद अफ्रिकाका अधिकांश किसानहरूलाई स्मार्टफोन कसरी प्रयोग गर्नेबारे थाहा छैन । तिनीहरूमध्ये केही बालीका नयाँ प्रजाति वा नयाँ बालीरोग विरुद्ध कसरी लड्नेबारे खोजी गर्न अनलाइनको उपयोग गर्दछन् ।
एक नयाँ स्टार्टअप, WeFarm [विफार्म, माने हामी खेतीकिसानी गर्छौ ], ले मोबाइल–एसएमएस प्रविधिको उपयोग गरेर किसानहरूलाई सशक्त बनाउने ध्येय राखेको छ । यस अन्तर्गत किसानले सोधेका प्रश्नलाई अनुवाद गरिन्छ र त्यस क्षेत्र र त्यसभन्दा बाहिरका अन्य किसानहरूबीच सञ्चार गरिन्छ । जब अरुहरूबाट पृष्ठपोषण प्राप्त हुन्छ त्यसलाई जुन व्यक्तिले प्रश्न सोधेको हो उसैकहाँ पठाइन्छ ।
सञ्चालनमा आएको नौ महिनाभित्रै विश्वभर ४३,००० हजारभन्दा बढी प्रयोगकर्ताहरु भएको यसको शुरुवातबाट केही देशहरू जस्तै युगाण्डा, केन्या र पेरु अहिले नै लाभन्वित भइसकेका छन् । निकट भविष्यमा नै यसलाई तान्जानिया, आइवरी कोस्ट, भारत, कम्बोडिया र ब्राजिलमा सञ्चालन गरिनेछ ।
नेशनल ज्योग्राफिकको एक ब्लगपोष्टले केन्याका एक किसानको वृत्तान्त र उनले यस स्टार्टअपबाट कसरी फाइदा पाए भनेर प्रस्तुत गरेको छ ।
यो केन्या बरिङ्गोका केफालाई ठीक के भएको थियो भन्ने सम्बन्धमा हो । संगी-किसानहरूबाट सल्लाह पाएपछि केफाले आफूले पालेका ५२ वटामध्ये २७ वटा कुखराहरू बचाउन सके ।
केफाका लागि आफ्ना कुखराहरू ज्यादै महत्वपूर्ण छन् । कुखुराहरू परिवारलाई खानका लागि अण्डा दिने मात्र हैनन्, तिनीहरु कमाइका मुख्य स्रोत पनि हुन् । मौका मिलेको बेला केफाले कुखुराहरू अरु किसानलाई वा बजारमा लगेर बेच्न सक्छन् । आफू र परिवारलाई खानका लागि उनी बारीमा तरकारी र अन्न पनि उमार्छन् तर उनका कुखुराहरूले नै उनलाई शालीन जीवन निर्वाहको लागि कमाइ दिँदैछन् ।
केफाको कथाले अफ्रिका, ल्याटिन अमेरिका र एसियाका थुप्रै साना किसानहरूलाई प्रभाव पार्नेछ ।
टेकपार्ट नामक एक ब्लगपोष्टले विफार्मलाई यसरी उल्लेख गर्छ :
Wikipedia for farmers, or as its founder describes it, “Internet for people without Internet.”
किसानका लागि विकिपेडिया, अथवा जसरी यसका संस्थापकले ब्याख्या गर्छन्,“इन्टरनेट सुविधा नभएका मानिसहरूका लागि इन्टरनेट।”
निकी ब्रिग्स ठान्छिन् यो पहलले किसानहरूलाई मात्र हैन खाद्य उद्योगलाई पनि लाभ पुर्याउँछ:
An initiative that benefits farmers, and the food industry = JACKPOT. Loving @we_farm info sharing platform. https://t.co/02uWj2dvMO
— Nicki Briggs, MS, RD (@nicki_briggs_) December 21, 2015
किसान तथा खाद्य उद्योगलाई लाभ पुर्याउने पहल = ज्याकपट। @we_farm को सूचना बाँड्ने प्लेटफर्म मन पराउँदै।
डिस्रप्ट् अफ्रिकाले विफार्मलाई सन् २०१६ मा दृष्टि लगाउनुपर्ने स्टार्टअपमा सुचिकृत गरेको छ । (डिस्रप्ट् अफ्रिका, डिसेम्बर ३१, २०१५)
12 African startups to watch in 2016 https://t.co/jTvRxSbMPt @yaoota @DabaDoc @shieldfinance @we_farm @SafeMotos @CladLight @GiraffeJobs
— Disrupt Africa (@DisruptAfrica) December 31, 2015
२०१६ मा दृष्टि लगाउनुपर्ने १२ अफ्रिकन स्टार्टअपहरू
Congratulations @we_farm on an amazing 2015 – hope next year is even better! #socenthttps://t.co/Pl5G2FicPt
— Tamsin C (@TamsinChislett) December 22, 2015
विफार्मको गजबको वर्ष (सन् २०१५) का लागि बधाइ र आगामी वर्ष अझ राम्रो हन्छ भन्ने आशा गर्छु!