
इण्डोनेशियन समाजमा सहिष्णुता प्रवर्द्धन गर्ने भिडियोको स्क्रीनशट।
एक गैरसरकारी संस्थाले द्वन्द्व समाधानका लागि शान्तिपूर्ण कार्यहरूको पैरवी गर्ने उद्देश्यले कैयन स्पीड ड्रइंग भिडियो बनाएको छ।
सर्च फर कमन ग्राउण्ड नामक उक्त गैरसरकारी संस्थाले ती भिडियोहरू आफ्नो शिक्षा अभियान अन्तर्गत महिला सशक्तिकरण, सहिष्णुता तथा अतिवाद रोकथाम प्रवर्द्धन गर्न प्रयोग गरेको छ।
सुशासनमा महिला सहभागिताका सवाल उठाउने दुई भिडियोहरूले “लोकतन्त्र, सुशासन र नेतृत्वमा महिलाको भूमिकाबारे रहेको सार्वजनिक मनोवृत्ति र धारणा परिवर्तन गर्ने ” लक्ष्य राखेको छ। इण्डोनेशियामा निर्वाचित नेताहरूमध्ये २० प्रतिशत मात्र महिला छन्।
यस भिडियोले इण्डोनेशियामा महिलाहरू पछाडि पारिएकोबारे र विभेदकारी कानूनहरू रद्द गर्नका लागि महिला नेतृहरू निर्वाचित हुनुपर्ने विषयमा प्रकाश पारेको छ:
महिला उम्मेदवारलाई निर्वाचित गराउन राजनैतिक दलहरूले निर्वाचनमा महिला सहभागितामा जोड दिनुपर्ने र त्यसका लागि उचित वातावरण तयार तथा सिर्जना गर्न जरुरी छ।
यस भिडियोले महिलाहरूलाई राजनीतिमा लाग्न प्रेरित गर्दछ:
यस समूहले सहिष्णुता र अतिवादबारे दुई भिडियो पनि सार्वजनिक गरेको छ।
अति संवेदनशील युवावर्ग लक्षित अतिवादी तथा हिंसात्मक शिक्षाको विस्तारसँगै इण्डोनेशियाको बहुलवाद तथा अनेकतामा एकताको भावनालाई अगाडि बढाउन हिंसात्मक असहिष्णुता विरुद्ध वैकल्पिक सन्देश प्रवाह गर्न अत्यन्तै जरुरीे छ।
इण्डोनेशियामा विश्वकै सबभन्दा बढी मुस्लिम छन्। विगतका वर्षहरूमा ईशाइ र मुस्लिमबीच झडपहरू भएका छन् जसले सहिष्णुता प्रवर्द्धन गर्न जरुरी रहेको कुरा औंल्याएको छ। यस भिडियोले यहि मुद्दालाई सम्बोधन गर्न खोजेको छ:
अर्को भिडियोले युवाहरूलाई अतिवादी शिक्षा तथा मनोवृत्तिको शिकार हुनबाट निरुत्साहित गराउँदछ :