- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

ग्रान्डमा मार्च डे, हस्तनिर्मित जन्तरहरुको आदान-प्रदान गरिने बाल्कन परम्परा

श्रेणी : पश्चिमी यूरोप, पूर्वी र मध्य युरोप, ग्रीस, बुल्गेरिया, मोल्डोभा, म्यासिडोनिया, रोमानिया, सर्बिया, Good News, Ideas, कला र संस्कृति, नागरिक मिडिया
Tree decorated with amulets. Photo by Flickr user Niv Singer (CC BY-SA). [1]

रूखमा सजाइएका जन्तरहरू । फ्लिकर प्रयोगकर्ता निव सिङ्गरको तस्वीर (CC BY-SA).

बाल्कनका केही भागहरुमा मार्चको पहिलो दिनसँग सम्बन्धित ग्रान्डमा मार्च डे नामक प्रथा प्रचलनमा छ । बसन्त ॠतुको आगमनको सँकेत गराउँदै, यस दिन प्रियजनहरु एक आपसमा रातो र सेतो झल्लर, पोम पोम अथवा बाँधेका चुराहरु आदान-प्रदान गर्दछन्।

यी हस्तनिर्मित जन्तरहरु धेरै नामले चिनिन्छन्: मर्तिन्की (Мартинки – म्यासेडोनियामा), मार्तेनित्सा (Мартеница – बुल्गेरियामा), मार्तिसोर (रोमानिया र मोल्दोभामा), र मार्तिस् ( Μάρτης – ग्रीसमा) [2]। तिनीहरु प्रकृतिमा फूल नफुलेसम्म लुगामा लगाइन्छन्, पिन गरिन्छन् अथवा नाडीमा बाँधिन्छन्, त्यसपछि रुखमा झुण्ड्याइन्छन् । रोमानियाली विदेश मन्त्रालयद्वारा बनाइएको यो शिक्षात्मक भिडियोमा तिनीहरुको मार्तिसोरबारे विस्तृत वर्णन गरिएको छ:

चार देशहरु – म्यासेडोनिया, बुल्गेरिया, रोमानिया र मोल्दोभाले सन् २०१३ मा ग्रान्डमा मार्च डे परम्परालाई बाल्कन् जनताको अमूर्त साँस्कृतिक सम्पदाको रुपमा सुरक्षित राख्न युनेस्कोमा बहुराष्ट्रिय आवेदन [3] पेश गरे। सन् २०१५ डिसेम्बरमा युनेस्कोले ती राज्यहरुलाई आवेदन पुन: पेश गर्न आमन्त्रण गर्यो र यो प्रकृया अहिलेसम्म चलिरहेको छ।

यस साझा साँस्कृतिक प्रथाको प्रवर्धन गर्ने उद्देश्यले म्यासेडोनिया, बुल्गेरिया, रोमानिया र सर्बियाका चार वटा संगठन र साँस्कृतिक प्रतिष्ठानहरुले “ह्याप्पी ग्रान्डमा मार्च डे २०१६ [4]” परियोजना प्रारम्भ गरेका छन्। यस परियोजना अन्तर्गत तीनवटा देशहरुबाट मौलिक रुपमा हस्तनिर्मित जन्तरहरुको यात्रा प्रदर्शनी र साथसाथै प्यानल बहसहरु, डकुमेन्टरी, रचनात्मक कार्यशाला र बजार संचालन गरिदैछ जहाँ उपस्थित व्यत्तिहरुले उनीहरुको आफ्नै जन्तर खरिद गर्न सक्दछन्।

Hand made martinka from Macedonia. Photo by HAEMUS. Used with permission. [5]

म्यासेडोनियाबाट हस्तनिर्मित मर्तिन्का। HAEMUS [6]मार्फत तस्वीर। अनुमति लिएर प्रयोग गरिएको।

अन्तिम गन्तव्यको मतलब नगरी संस्थागत अन्तर्देशीय साझेदारी “संयुक्त युरोपभित्र राष्ट्रिय पहिचान” अनुरुप सन् २०१६ मार्चभित्र पहिला स्कोप्जे [7] (म्यासेडोनिया), त्यसपछि भिदिन [8] (बुल्गेरिया) र बुजाउ [9] (रोमानिया) मा  यात्रा प्रदर्शनी गरिनेछ । यो परियोजनाको आशय मानवताको अमूर्त साँस्कृतिक सम्पदाको प्रतिनिधि सूचीमा यस जन्तर परम्परालाई सूचीबद्ध गर्न युनेस्कोमा पेश गरेको बहुराष्ट्रिय आवेदनलाई प्रत्यक्ष रुपमा सहायता गर्नु हो।

बसन्त ॠतुसँग सम्बन्धित मनोरञ्जनको यस रिति-रिवाजलाई बाल्कनहरुसँग मात्रै सीमित गर्नु आवश्यक छैन। तपाईं जहाँ कहीँ हुनुहुन्छ, बुल्गेरियाबाट प्रसारित यस भिडियो ट्युटोरियल [10]मा जस्तै तपाईंको आफ्नै मर्तिन्की, मार्तेनित्सा, मार्तिसोर र मार्तिस् बनाएर तपाईं पनि सामेल हुन सक्नुहुनेछ।

भासिल्का दिमित्रोभ्स्का, HAEMUS – सेन्टर फर साइन्टिफिक रिसर्च एण्ड प्रोमोशन अफ कल्चरको सह-संस्थापक हुनुहुन्छ, जुन ह्याप्पी ग्रान्डमा मार्च डे २०१६ को एक प्रायोजक हो।