दक्षिण एशियामा सस्तो र सुलभ स्यानिटरी न्यापकिनका लागि अभियान

Mass Community Health Teaching in Accham, Nepal - Sunita showing how to make a cloth pad. Image from Flickr by Possible. CC BY 2.0

सामुदायिक स्वास्थ्य शिक्षा अछाम, नेपाल – कपडाको प्याड कसरी बनाउने देखाउँदै सुनीता। तस्वीर Flickr by Possible. CC BY 2.0

विश्वका अनेक संस्कृति र समाजमा महिनावारी एक कलंक रही आएको पाइन्छ। विकासशील देशहरुमा रजस्वलासँग सम्बन्धित स्यानिटरी उत्पादनहरुको अभाव, अपर्याप्त सुविधा र लाजका कारण बालिकाहरु एक हप्तासम्म विद्यालय जादैनन् या हरेक महिना काम गर्छन्।

महिनावारीको समयमा शिक्षाको कमीकमजोरी र सरसफाइको कमीका कारण बेचैनी, चिढचिढाहट र संक्रमण हुन सक्छ।

तर बंगलादेश,भारत र नेपालमा महिलाहरुलाई सस्तो र सुलभ स्यानिटरी न्यापकिन बनाउन सहयोग गर्नका लागि विभिन्न प्रयास जारी छन्।

बंगलादेशमा चर्चा परिचर्चा

बंगलादेशको बजारमा उपलब्ध स्यानिटरी न्यापकिन महंगा छन्। विदेशी निर्मित एउटैको १२० बङ्लादेशी टाका (अमेरिकी डलर १.५०) भन्दा बढी पर्दछ किनकि आयातमा साठी प्रतिशत अतिरिक्त कर समावेश गरिएको हुन्छ।

तर एक स्थानीय ब्रान्ड जोया, जसको आठ वटा प्याडको मूल्य ६० टाका (अमेरिकी डलर ०.७५) पर्दछ, ब्लगर र अभियन्ता  मर्जिआ प्रोभाका अनुसार गुणस्तरीय भने छैन:

“জয়া” র এত প্রচারণা দেখে, “দেশি জিনিষ ব্যবহার করব না মানে” টাইপ ভাব নিয়ে জয়া ব্যবহার করলাম। [..] ইউজ করতে গিয়ে দেখি প্যাডের আঠা জাস্ট একটু খানি। প্যান্টির সঙ্গে ঠিক ভাবে এটাচড থাকে না। যেকোনো মুহূর্তে পড়ে যাবার সম্ভাবনা থাকে । তারপর উপরের কভার ভীষণ খসখসে, আমার তিনদিনের মাথায় জঙ্ঘায় লাল র‍্যাশ উঠে পড়ে। [..]

ভাবা যায়, দেশের পিরিয়ড হওয়া নারীর সংখ্যা ৫ কোটির ও বেশী। অথচ এই দেশে “মেইড ইন বাংলাদেশ” স্যানিটারি ন্যাপকিনের সংখ্যা মাত্র দুইটা নিদেনপক্ষে তিনটা, এবং তার একটাও মানসম্মত নয়, কোনদিক থেকেও ! এটা আসলে কার উদাসীনতা ! দেশের সর্বস্তরের নারীদের স্যানিটারি ন্যাপকিন ব্যবহারের প্রতি আগ্রহ তৈরি লক্ষে প্রচারণা চালান হয়, অথচ দামে এবং মানে দেশের একটা প্যাডও ভাল নাই। সব শ্রেণীর মেয়েদের কাছে প্যাড পৌঁছে দিতে কি আসলে কেউই প্রকৃতপক্ষে আগ্রহী নয়?

बहुप्रचारित विज्ञापन हेरिसकेपछि मैले स्थानीय उत्पादनहरुका लागि विशेष लगाव भएकोले “जोया” प्रयोग गर्न थाले। मैले प्याडमा टास्ने वस्तु अपर्याप्त पाएँ। त्यसैले यो भित्री वस्त्रमा टाँसिंदैन र खस्ने खतरा हुन्छ। यसको कभर खस्रो भएकोले तीन दिन भित्र मेरो तीघ्रामा राता बिमिराहरु देखा परे।

तपाईं विश्वास गर्नुहुन्छ, हाम्रो देशमा ५ करोड महिलाहरु महिनावारी भईरहेका हुनसक्छन्। तर केवल दुई या तीन महिला स्यानिटरी उत्पादनहरु मात्र “बंगलादेशमा बनेका” छन् साथै गुणस्तरीय छैनन्! कस्को लापरवाही हो यो? स्वच्छ प्याड प्रयोगका लागि महिलाहरुमा जागरूकता अभिवृद्धि गर्न देशभर अभियान सन्चालन भएको छ, तर देशमा सस्तो र गुणस्तरीय प्याड पाइन्न। यो देशमा हरेक महिलाको लागि सस्तो अथवा सित्तैमा प्याड उपलब्ध गराउँन कोही पनि इच्छुक नभएको जस्तो देखिन्छ।

तर यसका निम्ती केही गरिरहेका मानिसहरु पनि यहाँ छन्। एक गैरसरकारी संस्था ओपोराजेयो बंगलादेशले ढाकामा चलाएको ड्रप-इन-सेन्टर (आश्रय घर) मा बालिकाहरु ४.५० टाका ( अमेरिकी डलर ०.०६ ) मात्र मूल्य पर्ने आफ्ना लागि प्याड  आफ्नै हातले बनाइरहेका छन्।

यस संस्थाले बिगतमा हिंसा या दु:खमा परेका बालिकाहरुलाई आश्रय प्रदान गर्दछ, तिनीहरुलाई स्कुल जान अथवा विभिन्न गार्मेन्ट कारखानाहरुमा या ब्युटि पार्लरहरुमा काम गर्नका लागि तालिम र पुनर्स्थापन गराउँछ। एउटा महिलावादी ब्लग, फेमिनिस्म् बङ्लासँगको अन्तर्वातामा,संस्थाका कार्यकारी निर्देशक वहीदा बानु उत्पादनलाई व्यवसायीकरण गर्ने उनको सपना भएको बताउँछिन्:

অপরাজেয় বাংলাদেশ পথশিশুদের নিয়ে কাজ করে। আমরা এখানে প্রত্যেক শিশুকে রিপ্রডাক্টিভ হেলথ, এইচআইভি প্রভৃতি নিয়ে সেমিনার করি, ক্লাস করি, শিক্ষা দেই। বলি ৩ থেকে ৬ ঘণ্টা পর পর প্যাড বদলানোর কথা। এরাই যখন মেইন্সট্রিম স্কুলে যায়, তখন নিজেরাই সে স্কুলে বাচ্চাদের এই বিষয়ে ধারণা দেয়, যেটা টিচাররা পর্যন্ত এড়িয়ে যায়। [..]

আমার মেয়েগুলো ক্লাসে যাচ্ছে, ফ্রেন্ডদের বলছে, ওরা আগ্রহ পাচ্ছে। এখন এসে বলছে ওদের ফ্রেন্ডরাও প্যাড চায়। [..] অনেকের কাছে অফার পেয়েছি এক টন তুলা, বা এক টন ইলাস্টিক তারা কিনে দিতে প্রস্তুত। লটে যখন তুলা বা ইলাস্টিক কেনা হবে তখন প্যাডের দাম আরও কমে যাবে। মরার আগে বাংলাদেশে আমি ৪ থেকে ৫ টাকার প্যাড করেই যাব।

ओपोराजेयो बंगलादेश सडक बालबालिकाहरुका लागि काम गर्दछ। हामी हरेक बालबालिकालाई प्रजनन स्वास्थ्य, एचआईभी, आदिका बारेमा सिकाउँछौ। हामी उनीहरुलाई प्रत्येक तीनदेखि छ घण्टामा प्याड फेर्न भन्छौं। जब उनीहरु मुलधारका विद्यालयमा जान्छन्, शिक्षकहरुले पनि नसिकाउने यस कुराको ज्ञान अन्य बालबालिकाहरुलाई दिन्छन्।

हाम्रा बालिकाहरु उनीहरुको कक्षा कोठामा आफ्ना साथीहरुलाई बताइरहेका हुन्छन्, र साथीहरूले पनि रुचि राख्छन्। त्यसैले उनीहरु आफ्ना साथीहरुलाई प्याड चाहिएको भन्दै हामीकहाँ आउँछन्। हामीले अन्यबाट प्रस्ताव पाएका छौं, उनीहरु लटमा कच्चा पदार्थ – १ टन कपास या १ टन इलास्टिक रबर खरिदका लागि सहयोग गर्न इच्छुक छन्। जब हामी ती सामग्रीहरु लटमा किन्छौं, लागत कम हुनेछ। म मर्नुभन्दा अगावै ४ या ५ टाका मूल्य पर्ने स्यानिटरी प्याड उत्पादन गर्न चाहन्छु।

भारत र नेपालमा ‘क्रान्ति’

नेपालमा धेरै संख्यामा रजस्वलाको लागि प्याड परियोजनाहरु छन् जसले स्थानीय महिलाहरुलाई रजस्वलाको प्याड किटहरु सिउन तालिम दिन्छन्। परम्परागत विधिहरु प्रयोग गर्दा एउटा ठूलो समस्या भनेको रजस्वलाको कपडाहरु पुन: प्रयोगका लागि धुनु र बिना जोखिम तिनीहरूलाई स्वच्छ तरिकाले सुकाउनु हो। क्यालिफोर्निया स्थित आर्ट सेन्टर कलेज अफ डिजाईनका विद्यार्थीहरुले स्यानिटरी कपडाहरु पुन:प्रयोगका लागि धुने र सुकाउने एउटा उपकरण निर्माण गरेका  छन् जसको लागत कम हुनुका साथै प्रयोग गर्न सजिलो छ।

भारतमा एकजना विद्यालय छाडेका दक्षिण भारतको एक गरिब परिवारबाट आएका  अरुणाचलम मुरुगानन्थम सामाजिक उद्यमी बने। उनले  सस्तो प्याड बनाउने एउटा साधारण यन्त्रको आविष्कार गरेर ग्रामीण महिलाहरुको रजस्वलाको स्वास्थ्यमा  ‘क्रान्ति’ ल्याइदिए । उनका यन्त्रहरु भारतका २९ राज्यहरुमध्ये २३ राज्यका १३०० भन्दा बढी गाउँहरुमा स्थापित गरिएका छन्। एउटा हाते यन्त्रको मूल्य करिब ७५००० भारतीय रुपैँया (अमेरिकी डलर ११००) पर्दछ र १० जना मानिसहरुलाई रोजगार प्रदान गर्दछ। यो यन्त्रले एक दिनमा २५० प्याड उत्पादन गर्न सक्छ, जसको एक प्याडको मूल्य करिब २.५० रुपैँया (अमेरिकी डलर ०.०४) पर्छ।

एसी निएल्सेनको  २०११ को एक सर्वेक्षण अनुसार, जापानमा ८८ प्रतिशत, चीनमा ६४ प्रतिशत र सिंगापुरमा लगभग १०० प्रतिशतको तुलनामा भारतका ३५ करोड ५० लाख रजस्वला भैराखेका महिलाहरुमध्ये केवल १३ प्रतिशतले मात्र स्यानिटरी न्यापकिन प्रयोग गर्दछन्, ७० प्रतिशत महिलाहरु आफ्नो परिवारले किन्नै नसक्ने बताउँछन्। बाँकीले अश्वस्थकर विकल्प रोज्छन् जस्तै, कपासयुक्त फोहोर कपडा, कहिलेकाहीं खरानी र भुस पनि मिसाउँछन्। मुरुगानन्थम, जो २०१४ मा टाईम म्यागेजिनले विश्वका १०० सबैभन्दा प्रभावशाली व्यक्तिहरुको सूचिमा राखेपछि चिनिए, उनले भारतमा स्यानिटरी न्यापकिनको अभियान कसरी शुरु गरे भन्ने कुरा TED talk मा सेयर गरेका छन्:

रिपोर्टअनुसार, सिरियाली शरणार्थीलाई मद्दत गर्न उनको यन्त्रको प्रतिरूप जोर्डनमा बनाइएको छ।

वातावरणमा प्रभाव

मुरुगानन्थमबाट प्रेरित भएर धेरै सामाजिक संस्थाहरुले भारतमा सस्तो स्यानिटरी प्याड बनाउन शुरु गरेका छन्। यद्यपि आलोचकहरु भन्छन् रजस्वला स्वास्थ्यका निमित्त परम्परागत कपडाको प्रयोगलाई बेवास्ता गरेर स्यानिटरी प्याडमा केन्द्रित हुनु दिगो हुँदैन। सिणु यूसुफ, भारतका एक जना रजस्वला स्वास्थ्य शिक्षक कमेन्ट गर्छन्:

यहाँ यस्तो पाखंडपन छ कि जब ८८ प्रतिशत भारतीय महिलाहरु कपडा प्रयोग गरिरहेकाछन् भन्दै विदेशी संगठनहरु भारतमा स्यानिटरी न्यापकिन समावेश गर्न आवश्यक भएको प्रचार गरिरहेकाछन्, आफ्नो देशमा पर्यावरणीय कारण देखाएर पुन: प्रयोग गर्न मिल्ने कपडाको प्याड र रजस्वलाको कपहरुलाई बढ़ावा दिइरहेका छन्। यदि यो अवस्था हो भने, भारत बाँकी विश्वभन्दा धेरै वातावरण मैत्री रहेकोछ। […]

हामी विद्यालय र समुदायमा रजस्वला स्वास्थ्य जानकारी प्रदान गर्ने एक सरल समाधान चाहन्छौं, चाहे यो कपडा होस् या प्याड। र महिलाहरुले जुन प्रयोग गर्न चाहन्छन् उनीहरुलाई नै निर्णय गर्न दिऊँ।

यता प्याड व्यवस्थापन गर्ने सवाल पनि छ। स्यानिटरी न्यापकिनको स्वच्छ व्यवस्थापनको सोच लिई अखिल भारतीय महिला समूह इकोफेमसँग मिलेर क्याथी वाक्लिङ जैविक रुपमा नस्ट हुने कपडाको प्याड बनाउने व्यापारमा लागिन्। यसले फेयर ट्रेड क्लोथ स्यानिटरी न्यापकिन भारतमा उत्पादन गरेर विश्वका १४ मुलुकहरुमा निर्यात गर्दछ। अन्य संगठनले भारतमा सस्तो कम्पोस्टेबल प्याड बनाउन सुरु गरिसकेका छन्, जस्तै अजादी प्याड र आनन्दी प्याड।

रजस्वला स्वास्थ्य र सफाइ केवल महिलाहरुको मात्र मुद्दा हैन। यदि जनसंख्याको एउटा ठूलो समूह कुनै बेवास्ता गरिएको समस्याका कारण पछाडि पारिन्छ भने यसले पुरा जनसंख्यालाई नै असर पुर्याउँदछ। केवल नीति निर्माताले यस वास्तविकतालाई मानिदिए र स्वीकारिदिए हुन्थ्यो ।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.