- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

कुहिरोले ढाकेको म्यानमारको अन्तिम शाही राजधानीमाथि उदाउँदै गरेको सूर्यको फोटोहरू

श्रेणी : पूर्व एशिया, म्यान्मार (बर्मा), इतिहास, नागरिक मिडिया, यात्रा
Photo by Zaw Zaw / The Irrawaddy [1]

फोटोः ज ज / एर्रावाडी

ज जद्वारा लेखिएको यो लेख [2] एर्रावाडीबाट लिइएको हो र कन्टेन्ट साझेदारी सम्झौता अन्तर्गत ग्लोबल भ्वाइसेजमा पुनःप्रकाशित गरिएको हो। एर्रावाडी म्यानमारको स्वतन्त्र न्यूज वेबसाइट हो।

म्याण्डले दरबारलाई चारैतर्फबाट घेर्ने नालाको उत्तरपूर्वमा रहेको म्याण्डले डाँडा पर्यटक र फोटोग्राफरमाझ निकै लोकप्रिय छ। यहाँबाट म्यानमारको अन्तिम शाही राजधानी र अरुणोदयको दृश्य अवलोकन गर्न सकिन्छ।

एर्रावाडीका फोटोग्राफर ज ज जनवरी १०, २०१६ का दिन बिहानै म्याण्डले डाँडाको टुप्पामा गई उदाउँदो सूर्यको प्रतीक्षा गर्दै बसे। १२ डिग्री सेल्सियसको चिसो मौसम र त्यो ठाउँ, दूवै म्याण्डलेको बिहानीपखको कुहिरोलाई चिर्दै गरेका सूर्यका किरणहरू क्यामेरामा कैद गर्नका लागि उपयुक्त थिए।

तर दृश्यावलोकनकर्ताहरू सचेत रहनुहोस्ः यी हुस्सु र कुहिरोका सम्पूर्ण सम्झना साँची राख्नका लागि तपाईं डाँडाको टुप्पामा बिहान ६ बजे अगावै पुग्नुपर्ने हुन्छ।

Photo by Zaw Zaw / The Irrawaddy [3]

फोटोः ज ज / एर्रावाडी

Photo by Zaw Zaw / The Irrawaddy [4]

फोटोः ज ज / एर्रावाडी

Photo by Zaw Zaw / The Irrawaddy [5]

फोटोः ज ज / एर्रावाडी

Photo by Zaw Zaw / The Irrawaddy [2]

फोटोः ज ज / एर्रावाडी