
पेशावरमा रहेको वाल अफ काइन्डनेस। फोटो: सर्भ म्यानकाइन्डको फेसबूक पेज
इतिहासमा पर्खाल सदैव वियोग, अलगाव र विभाजनको प्रतीक रही आएको छ। तर, वाल अफ काइन्डनेस (दीवार–ए–मेहरबानी ) नामक अभियानले ठीक त्यसको विपरित गर्दैछ। जाडोको मौसममा इरानीहरूले घरबारविहिन तथा अभावग्रस्तका लागि “वाल अफ काइन्डनेस” बनाई परोपकारी अभियान संचालन गरेका छन्। यी पर्खालहरूमा लुगा झुण्ड्याउने हुकसँगै “तपाईंलाई चाहिन्छ भने लानुस्, नत्र भने दिनुस्।” लेखिएको हुन्छ। गरीबलाई कपडा दिने यो इरानी अभियान अन्तरराष्ट्रिय स्तरमा दान, कोट, टोपी, पाइन्ट तथा न्यानो लुगाको ओइरोको रुपमा परिणत भएकोे छ।
इरानको मशादमा शुरु भएको यो अभियान चीन र पाकिस्तान पुगेको छ। अब, यी देशहरूमा रहेका “वाल अफ काइन्डनेस” का मन छुने कथा र तस्वीरहरू हेरौं।
इरानः जहाँ यसको शुरुवात भयो
मशादमा परेको अलिकति हिउँसँगै यो अभियान शुरु भयोः
Beautiful #Snow in #Mashhad#MustSeeIran #MustSeeMashhad #Iran @angelacorrias @lcmporter @AliAraghchi #Travel #Trip pic.twitter.com/vEpNA4kRwj
— Hamzeh Bojnordi (@QExtender) January 29, 2016
मशादको सुन्दर हिउँ
सुन्दर फोटोहरूका लागि राम्रो भए पनि जाडोको मौसम विशेष गरी घरबारविहिनका लागि कठोर हुने गर्दछ। नागरिकहरूले अभावग्रस्तलाई मद्दत गर्न थालेपछि, बिस्तारै फोटोहरूका साथै ह्याशट्याग دیوارمهربانی# (वाल अफ काइन्डनेस) ले सोसल मिडिया भरिन थाल्यो:
#دیوارمهربانی #کرمان واقع در خیابان خواجو، قبل از چهارراه خواجو، سمت چپ
شب #یلدا در #کرمون
آفرین به مردم pic.twitter.com/x4whqOxQ1Q— چراغ جادو (@HaaDooK) December 21, 2015
करमानको खाजू मार्गमा अवस्थित वाल अफ काइन्डनेस, खाजूको चौबाटो अगाडि, बायाँतिर करमानको याल्दा
#دیوارمهربانی
اصفهان/پل چمران/روبروی هنرسرای خورشید pic.twitter.com/WcRKZLX47w— FariN (@_far_in) December 13, 2015
वाल अफ काइन्डनेस
دیوار مهربانی در شهسوار ، جنب مسجد شهسوار محله pic.twitter.com/7cCRFQb2u0
— دیوار مهربانی (@DivarMehrabani) December 20, 2015
शाहसवरमा रहेको वाल अफ काइन्डनेस, शाहसवरको मस्जिद रहेको छिमेक नजिक
त्यसपछि: चीन
चीनमा “वाल अफ काइन्डनेस” का फोटोहरू सोसल मिडियामा देखिन शुरु हुन धेरै बेर लागेन। चिनियाँ रिपोर्टहरूले “अभावग्रस्त मानिसहरू” का लागि लुगा राखिएको जनाएका छन्:
“Walls of Kindness” in Chengdu, China. This is the city where Mrs. Gibbs went to college. 👍 pic.twitter.com/h6fBgFuqYi
— Medina City Chinese (@MCSChinese) February 6, 2016
चेङ्दु, चीनमा रहेका “वाल्स अफ काइन्डनेस”। श्रीमति गिब्स कलेज जाने गरेको शहर हो यो।
#Liuzhou city in #China set a #WallOfKindness to help city's homeless during #winter https://t.co/V7vQZfoegh pic.twitter.com/F8fT05C3Eo
— Mailman Group (@MailmanGroup) February 2, 2016
चीनको लिउझु शहरले जाडोको मौसममा घरबारविहिनलाई मद्दत गर्न वाल अफ काइन्डनेस शुरु गरेको छ
Iran's ‘Wall of Kindness’ now in China too. This definitely a public dimpomacy achievement by Iran. pic.twitter.com/zlGtJ9hsnx
— Ali S. R. (@a__s_r) January 30, 2016
इरानको वाल अफ काइन्डनेस अब चीनमा पनि। यो पक्कै पनि इरानका लागि सार्वजनिक उपलब्धि हो।
पकिस्तानले पनि पछ्यायो
कराँचीको बाहरिया कलेजका शिक्षिकाद्वय इस्मत अली र मरिया वकासले आफ्नै वाल अफ काइन्डनेस शुरु गर्ने योजना सार्वजनिक गरे:
So, my dear friends and family…I come to you again. This time in collaboration with my senior, Ma'am Ismat Ali. We are starting a wall of kindness in karachi. Area will be mentioned later. Please donate generously your clothing or shoes that are just sitting in your cupboards and can help the needful. Truly grateful. Let's begin 2016 with a new heart!!
Posted by Mariya Waqas on Tuesday, December 29, 2015
मेरा प्रिय साथी अनि परिवारजन…म फेरि पनि तपाईंहरूमाझ आएको छु। यस पालि आफ्नो सीनियर, म्याम इस्मत अलीका साथ। हामी कराँचीमा वाल अफ काइन्डनेस शुरु गर्न गइरहेका छौं। ठाउँका बारेमा पछि भनौंला। कृपया तपाईंहरूका दराजमा थन्किइरहेका लुगा र जुत्ता उदारतापूर्वक दान गर्नुहोस्। यसले अभावग्रस्तलाई मद्दत पुग्नेछ। वास्तवमै आभारी हुने थियौं। २०१६ नयाँ उत्साहका साथ शुरु गरौं।
मंगलवार, डिसेम्बर २९, २०१५ मा मरिया वकासले गरेको पोष्ट

कराँचीमा रहेको वाल अफ काइन्डनेस। फोटो सौजन्य, वाल अफ काइन्डनेस पाकिस्तानको फेसबूक पेज।
पेशावर तथा लाहोरका नागरिकले पनि आफ्ना शहरमा वाल अफ काइन्डनेस शुरु गरेका छन्। पेशावरमा सर्भ म्यानकाइन्ड नामक गैरसरकारी संस्थासँग आबद्ध एक समूहले लेखे:
A lady is donating clothes to wall of kindness at pahse 3 Hayatabad #Peshawar. Visited today pic.twitter.com/o3OQXUfUdw
— Rahat Shinwari (@RahatShinwari) February 2, 2016
पेशावरको हयताबाद फेज ३ मा वाल अफ काइन्डनेसमा कपडा दान गर्दै एक महिला। आज गरिएको भ्रमण
Wall of kindness: great effort to help those who need clothing. Pl donate spare clothes. Hayatabad phase 3 Peshawer pic.twitter.com/pj76xtUz54
— Amir Mateen (@AmirMateen2) February 4, 2016
वाल अफ काइन्डनेस: कपडाको खाँचो भएकालाई सहयोग गर्ने गजबको प्रयास। कृपया जगेडा कपडा दान गर्नुहोस्। हयताबाद फेज ३ पेशावर
लाहोरमा चाहिं ट्वीटरको सहयोग लिंदै यसको प्रचार गरियो।
“Wall of Kindness” Near Jam e Sheeren Park, Firdous Market Lahore.
Please donate your clothes to the needy ones. 🙂 pic.twitter.com/Zqqez6yRzM— Yasmin (@YoTweetWali) February 5, 2016
जाम ए शिरन पार्क नजिकको “वाल अफ काइन्डनेस”, फिरदौस मार्केट लाहोर। कृपया आफ्ना कपडा अभावमा रहेकालाई दान गर्नुहोस्।
The wall of kindness in #Lahore is located near Jam e Shereen Park, Firdous Market. Please donate for a good cause and help people out 🙂
— Haider (@hain_jee) February 7, 2016
लाहोरमा वाल अफ काइन्डनेस जाम ए शिरन पार्क नजिक फिरदौस मार्केटमा अवस्थित छ। कृपया असल कार्यका लागि दान गरी सहयोग गर्नुहोस्
यतिमात्र हैन
इरानीहरूले खाना पनि दान गर्दैछन्। एउटा बेकरीले घरबारविहिन तथा भोकालाई पाउरोटी दिंदैछ। बक्सामा लेखिएको छ, “पैसा तिर्न नसक्नेका लागि पाउरोटी सित्तैमा”।
دیوار مهربانی به نانوایی مهربانیم رسید…. pic.twitter.com/WEvHOQqeEv
— عمه ِالام (@3LiDry) January 3, 2016
वाल अफ काइन्डनेस बेकरी अफ काइन्डनेसमा आईपुगेको छ।
I'd just like to say, that last tweet, was a bakery in #Iran .it reads: “bread free to those who cannot afford it” …just think about that
— Gus (@Mr__Gus) January 14, 2016
म यति भन्न चाहन्छु कि अन्तिम ट्वीट इरानको एउटा बेकरीको हो। यसले भन्छ: “पैसा तिर्न नसक्नेका लागि पाउरोटी सित्तैमा” …यस बारेमा सोंचौ