न्यूयोर्क पब्लिक लाइब्रेरीको सौजन्य, अब माउसको क्लिकसँगै भारतका बितेका दिनहरू

Various men and women in Hindustan (India). (1823 - 1838) Sketch by Andrea Bernieri . Photo from The New York Public Library Digital Collections

हिन्दूस्तान(भारत)का विभिन्न पुरुष तथा महिला।(१८२३ — १८३८) एण्ड्रिया बर्निएरीको रेखाचित्र।न्यूयोर्क पब्लिक लाइब्रेरीको डिजिटल संकलनबाट लिइएको तस्वीर।

समाज तथा विभिन्न स्थानका पुराना तस्वीरले समय कति बदलिइसकेको छ भन्ने आभास गराउँछन्। पुराना तस्वीरहरूले विगतका दिनको याद दिलाउँछन् जतिबेला जीवन सरल देखिन्थ्यो। एकपछि अर्को फोटोका ती रंग खुइलिएका घरका मोहडा तथा अनौठा लुगाले हामीलाई मानिसहरू पहिले कसरी बस्दथे भन्ने कुरा स्मरण गराउँछन्।

यस महिनाको पूर्वार्धमा न्यूयोर्क पब्लिक लाइब्रेरीले १८०,००० भन्दा बढि डिजिटल सामग्रीहरू सार्वजनिक डोमेनमा लोकार्पण गर्यो। अब पाठकहरूले यस लाइब्रेरीको अभिलेखबाट ती सामग्रीहरू बिना शुल्क डाउनलोड र प्रयोग गर्न पाउँनेछन्, साथै रिमिक्स गरी नयाँ सामग्री बनाउँन तथा सेयर गर्न सक्नेछन्।

ती डिजिटल अभिलेखहरूमा एशिया तथा प्रशान्त क्षेत्रका पुराना फोटोहरू तथा रेखाचित्रहरू उपलब्ध छन्। ती सामग्रीमा त्यसबेलाका उपनिवेश मुलुकहरूमा बस्ने मानिसहरूको रहनसहन देखाइएको छ। ती तस्वीरले अविभाजित भारतीय उपमहाद्वीपका वास्तुकला तथा कपडाहरूको दुर्लभ झलक दिन्छन्।

तपाईंले भारतभरि विभिन्न समयमा राज्य गरेका राजामहाराजाले बनाएका सुन्दर भव्य महलहरू देख्नसक्नुहुनेछ। शायद तपाईंले फोटोहरू हेर्नुभएको होला, तर के तपाईंले कहिले सोच्नुभएको छ, फोटोग्राफी चारैतिर उपलब्ध हुनुभन्दा अगाडि ती कस्ता देखिन्थे ? हेर्नुहोस्।

View of the Palace of Agra, from the river. (1859)

आगरा दरबारको रेखाचित्र, नदीबाट देखिने दृश्य (१८५९)। न्यूयोर्क पब्लिक लाइब्रेरीको डिजिटल संकलनबाट लिइएको तस्वीर।

आगरा किल्लाभित्र रहेको जहाँगीर दरबारमा हिन्दू र मध्य एशियाली वास्तुकलाको सम्मिश्रण देख्नसकिन्छ। मुगल सम्राट अकबरद्वारा निर्मित यो महल उनका राजपूत पत्नीले प्रयोग गर्दथे।

The king's palace at Delhi. (1859) Photo from The New York Public Library Digital Collections

दिल्लीको राजदरबार (१८५९)। न्यूयोर्क पब्लिक लाइब्रेरीको डिजिटल संकलनबाट लिइएको तस्वीर।

मध्य दिल्ली अवस्थित लाल किल्ला (दिल्ली दरबार), १८५७ अघि, दुई दशकसम्म भारतका मुगल सम्राटको निवास थियो। यो महल समयसँगै विकसित हुँदै गयो।

त्यसबेला मानिसहरूको जीवनी कस्तो थियो? राजारजौटा र उनीहरू वरपरका मानिसका केही रेखाचित्र तथा चित्रकला हेर्नुहोस्:

Rulers and women from India (1876 - 1888). Sketch by Chataignon. Photo from The New York Public Library Digital Collections

भारतका राजा तथा महिला (१८७६ — १८८८)। चतैनोनको चित्रकला। न्यूयोर्क पब्लिक लाइब्रेरीको डिजिटल संकलनबाट लिइएको तस्वीर।

Commander

दरबार रक्षकका सेनाध्यक्ष, दिल्ली (१८४५ — १८४७)। न्यूयोर्क पब्लिक लाइब्रेरीको डिजिटल संकलनबाट लिइएको तस्वीर।

Dancing Girls At Court Of Rewa, East Central India, 1863-8. Engraver Jacob Ettling. Photo from The New York Public Library Digital Collections

रेवा राजदरबारका नृत्यांगना, पूर्वीय मध्य भारत, १८६३—८। जेकब एटलिङ्गको नक्काशी। न्यूयोर्क पब्लिक लाइब्रेरीको डिजिटल संकलनबाट लिइएको तस्वीर।

An elite Indian women.

कुलीन घरानाकी भारतीय मुस्लिम महिला (१८२३ — १८३८)। एण्ड्रिया बर्निएरीको रेखाचित्र। न्यूयोर्क पब्लिक लाइब्रेरीको डिजिटल संकलनबाट लिइएको तस्वीर।

अब त्यसबेलाका साधारण मानिसका केही रेखाचित्र तथा चित्रकला हेर्नुहोस्:

A Brahmin praying in the morning. (1851) Lithographer Day and Son. Image from The New York Public Library Digital Collections

बिहानको बेला प्रार्थना गरिरहेका एक ब्राह्मण (१८५१)। डे तथा सनको लिथोग्राफी। न्यूयोर्क पब्लिक लाइब्रेरीको डिजिटल संकलनबाट लिइएको तस्वीर।

A second Caste Pundit (scholar) 1899. Engraver Charles Laplante . Photo from The New York Public Library Digital Collections

दोश्रो दर्जाका पण्डित (विद्वान) १८९९। चाल्र्स लाप्लान्तको नक्काशी। न्यूयोर्क पब्लिक लाइब्रेरीको डिजिटल संकलनबाट लिइएको तस्वीर।

Hindus of Malabar Coast. Photo from The New York Public Library Digital Collections.

मालाबार समुद्रतटका हिन्दू। न्यूयोर्क पब्लिक लाइब्रेरीको डिजिटल संकलनबाट लिइएको तस्वीर।

Cheetah and the keeper in Jaipur (1894). Photo from The New York Public Library Digital Collections

चितुवा र पालक, जयपुर (१८९४)। न्यूयोर्क पब्लिक लाइब्रेरीको डिजिटल संकलनबाट लिइएको तस्वीर।

Men and Women in India. (1876-1888) Photo from The New York Public Library Digital Collections

भारतका पुरुष तथा महिला (१८७६ — १८८८)। न्यूयोर्क पब्लिक लाइब्रेरीको डिजिटल संकलनबाट लिइएको तस्वीर।

क्यामेराबाट खिचिएको र अहिलेसम्म उलब्ध विश्वकै पुरानो फोटो १८२७ को हो। फोटोग्राफी भारत पुग्न केही समय लाग्यो। १९औं शताब्दीको भारतका केही दुर्लभ फोटोहरू हेर्नुहोस्:

A Hindu Goldsmith (Sonar) (1868 - 1875) Photo from The New York Public Library Digital Collections

हिन्दू स्वर्णकार (सुनार) (१८६८ — १८७५)। न्यूयोर्क पब्लिक लाइब्रेरीको डिजिटल संकलनबाट लिइएको तस्वीर।

Hindu Blacksmiths from Madras (1868 - 1875)

मद्रासका हिन्दू लोहार (१८६८ — १८७५)। न्यूयोर्क पब्लिक लाइब्रेरीको डिजिटल संकलनबाट लिइएको तस्वीर।

Diljaan, Bazar Woman, Saharanpoor (1868-1875) Photo from The New York Public Library Digital Collections

दिलजान, बजारकी महिला, सहरानपुर (१८६८ — १८७५)। न्यूयोर्क पब्लिक लाइब्रेरीको डिजिटल संकलनबाट लिइएको तस्वीर।

The Rajpoot tribe (1868 - 1875)

राजपूत जाति (१८६८ — १८७५)। न्यूयोर्क पब्लिक लाइब्रेरीको डिजिटल संकलनबाट लिइएको तस्वीर।

Snake-charmers in India (1897). Photo from The New York Public Library Digital Collections.

सँपेराहरू, भारत (१८९७)। न्यूयोर्क पब्लिक लाइब्रेरीको डिजिटल संकलनबाट लिइएको तस्वीर।

Female street musicians in India (1898) Photo from The New York Public Library Digital Collections

महिला सडक संगीतकार, भारत (१८९८)। न्यूयोर्क पब्लिक लाइब्रेरीको डिजिटल संकलनबाट लिइएको तस्वीर।

अब त्यसबेलाका संस्कार तथा चाडपर्वका केही दृश्य हेर्नुहोस्:

The cremation ghat at Calcutta. (1869-1871).

दाहसंस्कार गर्ने घाट, कलकत्ता (१८६९ — १८७१)। न्यूयोर्क पब्लिक लाइब्रेरीको डिजिटल संकलनबाट लिइएको तस्वीर।

A wedding of British collonials in southern India--the bridesmaids' return from church. (29/1/1887). Sketch by Durand Simon. Photo from The New York Public Library Digital Collections

अंग्रेज उपनिवेशकको विवाह, दक्षिण भारत — दुलहीका साथीहरू चर्चबाट फर्कदैं (जनवरी २९, १८८७)। डुराण्ड साइमनको रेखाचित्र। न्यूयोर्क पब्लिक लाइब्रेरीको डिजिटल संकलनबाट लिइएको तस्वीर।

A Hindu marriage. Artist Edwin Lord Weeks. Photo from The New York Public Library Digital Collections

हिन्दू विवाह। कलाकार एड्वीन लर्ड वीक्स। न्यूयोर्क पब्लिक लाइब्रेरीको डिजिटल संकलनबाट लिइएको तस्वीर।

1 कमेन्ट

जवाफ रद्द गर्नुहोस्

कुराकानीमा भाग लिनुहोस् -> Rezwan

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.