
हिन्दूस्तान(भारत)का विभिन्न पुरुष तथा महिला।(१८२३ — १८३८) एण्ड्रिया बर्निएरीको रेखाचित्र।न्यूयोर्क पब्लिक लाइब्रेरीको डिजिटल संकलनबाट लिइएको तस्वीर।
समाज तथा विभिन्न स्थानका पुराना तस्वीरले समय कति बदलिइसकेको छ भन्ने आभास गराउँछन्। पुराना तस्वीरहरूले विगतका दिनको याद दिलाउँछन् जतिबेला जीवन सरल देखिन्थ्यो। एकपछि अर्को फोटोका ती रंग खुइलिएका घरका मोहडा तथा अनौठा लुगाले हामीलाई मानिसहरू पहिले कसरी बस्दथे भन्ने कुरा स्मरण गराउँछन्।
यस महिनाको पूर्वार्धमा न्यूयोर्क पब्लिक लाइब्रेरीले १८०,००० भन्दा बढि डिजिटल सामग्रीहरू सार्वजनिक डोमेनमा लोकार्पण गर्यो। अब पाठकहरूले यस लाइब्रेरीको अभिलेखबाट ती सामग्रीहरू बिना शुल्क डाउनलोड र प्रयोग गर्न पाउँनेछन्, साथै रिमिक्स गरी नयाँ सामग्री बनाउँन तथा सेयर गर्न सक्नेछन्।
ती डिजिटल अभिलेखहरूमा एशिया तथा प्रशान्त क्षेत्रका पुराना फोटोहरू तथा रेखाचित्रहरू उपलब्ध छन्। ती सामग्रीमा त्यसबेलाका उपनिवेश मुलुकहरूमा बस्ने मानिसहरूको रहनसहन देखाइएको छ। ती तस्वीरले अविभाजित भारतीय उपमहाद्वीपका वास्तुकला तथा कपडाहरूको दुर्लभ झलक दिन्छन्।
तपाईंले भारतभरि विभिन्न समयमा राज्य गरेका राजामहाराजाले बनाएका सुन्दर भव्य महलहरू देख्नसक्नुहुनेछ। शायद तपाईंले फोटोहरू हेर्नुभएको होला, तर के तपाईंले कहिले सोच्नुभएको छ, फोटोग्राफी चारैतिर उपलब्ध हुनुभन्दा अगाडि ती कस्ता देखिन्थे ? हेर्नुहोस्।

आगरा दरबारको रेखाचित्र, नदीबाट देखिने दृश्य (१८५९)। न्यूयोर्क पब्लिक लाइब्रेरीको डिजिटल संकलनबाट लिइएको तस्वीर।
आगरा किल्लाभित्र रहेको जहाँगीर दरबारमा हिन्दू र मध्य एशियाली वास्तुकलाको सम्मिश्रण देख्नसकिन्छ। मुगल सम्राट अकबरद्वारा निर्मित यो महल उनका राजपूत पत्नीले प्रयोग गर्दथे।
मध्य दिल्ली अवस्थित लाल किल्ला (दिल्ली दरबार), १८५७ अघि, दुई दशकसम्म भारतका मुगल सम्राटको निवास थियो। यो महल समयसँगै विकसित हुँदै गयो।
त्यसबेला मानिसहरूको जीवनी कस्तो थियो? राजारजौटा र उनीहरू वरपरका मानिसका केही रेखाचित्र तथा चित्रकला हेर्नुहोस्:

भारतका राजा तथा महिला (१८७६ — १८८८)। चतैनोनको चित्रकला। न्यूयोर्क पब्लिक लाइब्रेरीको डिजिटल संकलनबाट लिइएको तस्वीर।

दरबार रक्षकका सेनाध्यक्ष, दिल्ली (१८४५ — १८४७)। न्यूयोर्क पब्लिक लाइब्रेरीको डिजिटल संकलनबाट लिइएको तस्वीर।

रेवा राजदरबारका नृत्यांगना, पूर्वीय मध्य भारत, १८६३—८। जेकब एटलिङ्गको नक्काशी। न्यूयोर्क पब्लिक लाइब्रेरीको डिजिटल संकलनबाट लिइएको तस्वीर।

कुलीन घरानाकी भारतीय मुस्लिम महिला (१८२३ — १८३८)। एण्ड्रिया बर्निएरीको रेखाचित्र। न्यूयोर्क पब्लिक लाइब्रेरीको डिजिटल संकलनबाट लिइएको तस्वीर।
अब त्यसबेलाका साधारण मानिसका केही रेखाचित्र तथा चित्रकला हेर्नुहोस्:

बिहानको बेला प्रार्थना गरिरहेका एक ब्राह्मण (१८५१)। डे तथा सनको लिथोग्राफी। न्यूयोर्क पब्लिक लाइब्रेरीको डिजिटल संकलनबाट लिइएको तस्वीर।

दोश्रो दर्जाका पण्डित (विद्वान) १८९९। चाल्र्स लाप्लान्तको नक्काशी। न्यूयोर्क पब्लिक लाइब्रेरीको डिजिटल संकलनबाट लिइएको तस्वीर।
क्यामेराबाट खिचिएको र अहिलेसम्म उलब्ध विश्वकै पुरानो फोटो १८२७ को हो। फोटोग्राफी भारत पुग्न केही समय लाग्यो। १९औं शताब्दीको भारतका केही दुर्लभ फोटोहरू हेर्नुहोस्:

दिलजान, बजारकी महिला, सहरानपुर (१८६८ — १८७५)। न्यूयोर्क पब्लिक लाइब्रेरीको डिजिटल संकलनबाट लिइएको तस्वीर।
अब त्यसबेलाका संस्कार तथा चाडपर्वका केही दृश्य हेर्नुहोस्:

दाहसंस्कार गर्ने घाट, कलकत्ता (१८६९ — १८७१)। न्यूयोर्क पब्लिक लाइब्रेरीको डिजिटल संकलनबाट लिइएको तस्वीर।
1 कमेन्ट
Thanks for translating my post. I can’t read but looks beautiful in Nepali. 🙂