- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

साउदी अरबमा हिउँको आनन्द लिंदै ऊँटहरू

श्रेणी : मध्य पूर्व र उत्तर अफ्रिका, साउदी अरेबिया, नागरिक मिडिया, वातावरण
[1]

ताबुकमा साउदी ऊँटहरू हिउँमा रमाउदै, साउदी अरेबिया, आयशा बिंत अब्दुलअजीजको ट्विट् (@ayosh70) [1]

मरुभूमि राज्य साउदी अरबको भूभागहरुमा हिमपात भएको छ — र इन्टरनेट प्रयोगकर्ताहरु यसलाई अनलाइन राख्न आतुर छन्।  फोटोदेखि भिडियोसम्म, ट्विटरदेखि फेसबुकसम्म,र इन्स्टाग्रामदेखि स्न्याप्च्याटसम्म, हामीसँग साउदीहरुको यो हिउँ अनुभव कस्तो रह्यो भन्ने मिनट मिनटको फीड उपलब्ध छन्।

हुनत साउदी अरेबियामा हिउँ दुर्लभ भएतापनि उत्तरपश्चिम साउदी अरेबिया र जोर्डनको सीमा नजिक ताबुकमा [2] यो सामान्य मानिन्छ, जहाँ हरेक तीन या चार बर्षमा हिमपात हुने गर्दछ।

स्टोर्म सेन्टरले सेयर गरेको यस जानकारीको अंश:

साउदी अरेबिया: ताबुकको धाह्र डाँडामा हिमपात। फोटो: तुर्की अल्हुवैती

मुस्लेह एल्हार्बी ट्विट् गर्छन्:

अल्धाह्र डाँडामा अहिले हिउँ परिरहेको छ र जमीन सेतो भएको छ। मेरो स्न्याप्च्याट् अकाउन्टमा फुटेज हेर्नुहोस्।

आयशा बिंत अब्दुलअजीज हिउँमा भेडा र ऊँटहरूको फोटो सेयर गर्छन् जुन सुरुका दिनमा लिइएको हुनसक्छ:

ऊँटहरू मरुभूमिको हिउँमा अनी झनै सुन्दर भेडाको बथान

साथै फहाद अल्धोर्फरी एउटा कारको अगाडिको शिशामा हिउँ परिरहेको (जुन चानचुने कुरा हैन) भिडियो सेयर गर्छन्, जसलाई यो पोस्ट लेखिरहँदासम्म लगभग  सत्तरी पटक रिट्विट् गरिएको छ: