
ताबुकमा साउदी ऊँटहरू हिउँमा रमाउदै, साउदी अरेबिया, आयशा बिंत अब्दुलअजीजको ट्विट् (@ayosh70)
मरुभूमि राज्य साउदी अरबको भूभागहरुमा हिमपात भएको छ — र इन्टरनेट प्रयोगकर्ताहरु यसलाई अनलाइन राख्न आतुर छन्। फोटोदेखि भिडियोसम्म, ट्विटरदेखि फेसबुकसम्म,र इन्स्टाग्रामदेखि स्न्याप्च्याटसम्म, हामीसँग साउदीहरुको यो हिउँ अनुभव कस्तो रह्यो भन्ने मिनट मिनटको फीड उपलब्ध छन्।
हुनत साउदी अरेबियामा हिउँ दुर्लभ भएतापनि उत्तरपश्चिम साउदी अरेबिया र जोर्डनको सीमा नजिक ताबुकमा यो सामान्य मानिन्छ, जहाँ हरेक तीन या चार बर्षमा हिमपात हुने गर्दछ।
स्टोर्म सेन्टरले सेयर गरेको यस जानकारीको अंश:
#السعودية: تساقط الثلوج قبل قليل على مرتفعات الظهر في منطقة تبوك ، بعدسة تركي الحويطي #عواصف_تبوك #مركز_العاصفة pic.twitter.com/iyi2xLkk0d
— مركز العاصفة (@Storm_centre) January 26, 2016
साउदी अरेबिया: ताबुकको धाह्र डाँडामा हिमपात। फोटो: तुर्की अल्हुवैती
मुस्लेह एल्हार्बी ट्विट् गर्छन्:
الثلوج الان تتساقط بشكل متوسط على هضبه الظهر ،، والارض اكتست بالبياض #تبوك #عواصف_تبوك المقاطع بحسابي بسناب شات pic.twitter.com/lxNV8hbiLu
— مصلح الحربي (@maslh10) January 26, 2016
अल्धाह्र डाँडामा अहिले हिउँ परिरहेको छ र जमीन सेतो भएको छ। मेरो स्न्याप्च्याट् अकाउन्टमा फुटेज हेर्नुहोस्।
आयशा बिंत अब्दुलअजीज हिउँमा भेडा र ऊँटहरूको फोटो सेयर गर्छन् जुन सुरुका दिनमा लिइएको हुनसक्छ:
جمال #الثلج فى صحراء #تبوك والاجمل قطيع الخرفان pic.twitter.com/X9JT7Bdk94
— عايشه بنت عبدالعزيز (@ayosh70) January 26, 2016
ऊँटहरू मरुभूमिको हिउँमा अनी झनै सुन्दर भेडाको बथान
साथै फहाद अल्धोर्फरी एउटा कारको अगाडिको शिशामा हिउँ परिरहेको (जुन चानचुने कुरा हैन) भिडियो सेयर गर्छन्, जसलाई यो पोस्ट लेखिरहँदासम्म लगभग सत्तरी पटक रिट्विट् गरिएको छ:
ثلوووووج الظهر ماشاء الله #تبوك #ثلوج #عواصف_تبوك pic.twitter.com/MNwY7LDFTL
— فهد الطرفاوي (@500_fofo) January 26, 2016